अमर खत्री
पोखरा: रुकुम पुर्बकाे सिस्ने गाउँपालिका ३ पाङ्गमा खानेपानी अबरुद्ध भएको छ । गएराती परेको अविरल बर्षा कारण गाउँ नजिकै रहेको खानेपानीको मुहान पुरिएर खानेपानी अबरुद्ध भएको हो ।
अविरल वर्षाका कारण रेउत खाेलाकाे पानीको मुहानमा भलले खानेपानीका ट्याङ्की र पाइप पुरेपछी खानेपानी अबरुद्ध भएको स्थानीय लिलाराम खत्रीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार घरेल टाकुरा, मट, पाथीहाल्ना र बगेधारा टाेलमा पानी अबरुद्ध भएको छ । भएको तथा गाउँमा आइरहेको खानेपानी अबरुद्ध हुँदा अहिले पाङगामा खानेपानीको समस्या भइरहेको छ ।
वर्षा संगै आएको भेलले खानेपानी मुहानमा ठुलो क्षती गरेको वडा अध्यक्ष हेराम खड्काले जानकारी दिनुभयो । बर्खे भेलले क्षती गरेको मुहान मर्मत गरि गाउँमा पानी पुर्याउन स्थानीय सरकारले पहल गरिरहेको उहाँले बताउनुभयो ।
स्थानीय बासी र स्थानीय सरकारको साझेदारीमा उक्त विपदको सामना गरिने अध्यक्ष खड्काले बताउनुभएको छ ।
मुहान मर्मत र पाइप व्यवस्थापन नहुदासम्म खानेपानीको बैकल्पिक व्यवस्था गर्न उहाँले स्थानीयलाई आग्रह समेत गर्नुभएको छ । जतिसक्दो छिटो खानेपानी मुहान मर्मत गर्ने तिर आफू लागिरहेको उहाँले सुनाउनुभयो ।
शुक्रबार राती भएको वर्षाले फलामे गउरा पिपल पाेखरा जाेडने सडक खण्ड पनि अबरुद्ध गरेको छ । रुकुम पश्चिमको बाँफीकाेट १ र रुकुम पुर्वको सिस्ने ३ काे बिचमा पर्ने रेउत खाेलामा सडक अबरुद्ध भएको हो । दुई जिल्लाको सिमानामा सडक अबरुद्ध हुँदा आवतजावतमा समस्या भइरहेको छ ।