जिल्ला प्रशासन कार्यालय रुकुम(पूर्व) ले रातीको समयमा यात्रा नगर्न यात्रुहरुलाई अनुरोध गरेको छ । जिल्लास्थित मध्यपहाडी(पुष्पलाल) राजमार्ग, सहिदमार्ग एवम् अन्य सहायक मार्गमा कमजोर भू बनोट, भारी वर्षा लगाएतको कारण पहिरो एवम् सुख्खा पहिरो जाने क्रम चलिरहेकोले छ । यसै जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रुकुम(पूर्व) ले एक सुचना जारी गर्दै रातीको समयमा यात्रा नगर्न सबैलाई अनुरोध गरेको हो ।
रातीको समयमा यात्रा गर्नुपरेमा नजिकको सुरक्षा निकायलाई जानकारी गराएर मात्र यात्रा गर्न सुचनामा उल्लेख गरिएको छ । साथै जिल्ला भित्र कुनै पनि प्रकारको विपदजन्य घटना÷दुर्घटना भएको जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकाय तथा जनप्रतिनिधिलाई जानकारी गराउन आग्रह गरिएको छ । साथै जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्वी भाग) को टेलिफोन नम्बर १०० वा जिल्ला अपतकालिन कार्य संचालन केन्द्र रुकुम(पूर्व) को नम्बर ९७४६९३०९४० मा फोन गरेर जानकारी गराउन सुचनामार्फत आग्रह गरिएको छ ।
लगातारको झरीको कारण पहिरो झरेर विभिन्न ठाउँमा सडक अबरुद्ध हुने गरेको प्रमुख जिल्ला अधिकारी माधवप्रशाद शर्माले बताउनुभयो । यात्रुको सहजताको लागि जती सक्यो छिटो पहिरो पन्छाउदै सडक सुचारु गर्ने प्रयास गरिरहेको उहाँको भनाई छ । बेलाबेलामा ठुलो पहिरो झर्दा पहिरो पन्छाउन तथा सडकमा झरेका ढुङ्गा फुटाउन निकै समस्या हुने गरेको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । बर्खाको समयमा बाढी, पहिरो लगाएतका कारण विभिन्न दुद्र्धटना निम्तिने भन्दै जिल्ला प्रशासन कार्यालय रुकुम(पूर्व) ले जिल्लाबासीलाई सतर्क भएर बस्न आग्रह गरेको छ ।