रुकुम(पूर्व) मा जबरजस्ती करणी कसुरका प्रतिबादीलाई पुर्पक्षका लागी कारागार चलान गरिएको छ । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ५ गर घर भएका २२ वर्षका जिवन गिरीलाई पुर्पक्षका लागी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।
गिरी २०७८ भदौ २२ गते पुथा उत्तरगंगा गाउँपालिका ५ कै १३ वर्षकी बालिकालाई करणी गरि फरार थिए । प्रहरीले खोजतलास गर्दै जादा २०८० असार २४ गतेका दिन फरार गिरीलाई कास्की जिल्लाको पोखरा स्थित फुलबारी डेरामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी निरीक्षक गनेश पाण्डेले जानकारी दिनुभयो ।
गिरीलाई पक्राउपछी रुकुमकोट जिल्ला अदालतमा पेश गरिएको थियो । रुकुमकोट जिल्ला अदालतले गिरीलाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश गरेको थियो । अदालतको आदेशपछी गिरीलाई रुकुम(पश्चिम) जिल्ला कारागार कार्यालयमा पठाइएको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो । रुकुम(पूर्व) मा कारागार नहुँदा कैदीलाई रुकुम(पूर्व) र पश्चिम गराउन समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले बताएको छ ।