रूकुम(पूर्व) मा स्वास्थ्यकर्मीको लागि DHIS २ तथा ELMIS सम्बन्धि तिन दिने कार्यशाला तालिम सम्पन्न भएको छ । स्वास्थ्यसँग सम्बन्धित रहेर गरिने स्वास्थ्य कार्यक्रमको रेकर्डीङ र रिपोर्टीङलाइ व्यवस्थित र गुणस्तरीय बनाउन स्वास्थ्यकर्मीलाइ रेकर्डीङ र रिपोर्टीङ सम्बन्धि तालिम प्रदान गरिएको हो । तालिम साउनको २४ गतेदेखी २६ गतेसम्म रूकुमकोटमा संचालन भएको थियो ।

विद्धुतीय प्रणालीमा अाधारित रेकर्डीङ र रिपोर्टीङको काम भइरहेको  छ । तर त्यसलाइ थप व्यवस्थित गर्नको लागि भूमे र पुथा उत्तरगंगा गाउँपालिकासँगै गाउँपालिका भित्र रहेका २६ स्वास्थ्यसंस्थाका स्वास्थ्यकर्मीहरूलाइ तालिम प्रदान गरिएको हो । यसले सही तथ्याङ्क संकलनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । तालिमकै अविधमा सहभागीहरूलाइ सिकाउने क्रममा यस जिल्लाको आर्थिक वर्ष २०७९÷८० को तथ्याङ्कमा आधारित रेकर्डीङ र रिपोर्टीङको प्रगतीलाइ सच्याउने तथा रूजु गर्ने काम गरिएको नेपाल जनजागरण मञ्चद्धारा संचालित सामुदायिक रूपान्तरण परियोजना(प्रो याक्ट) का परियोजना व्यवस्थापक नविन चॏधरीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार गाउँपालिका र स्वास्थ्य संस्थाहरूले गरेको रेकर्डीङ र रिपोर्टीङमा ९.३, ट्रयासिड, DHIS 2 को प्रतिवेदनहरू प्रमाणिकरणा, त्रुटी सच्याउने लगाएतका काम गरिएको छ । स्वास्थ्यसँग सम्बन्धित काम खोप, पोषण, सुरक्षित मातृत्व, नवजात शिशु स्वास्थ्य, परिवार योजना, नसर्ने रोग तथा मानसिक स्वास्थ्य, महिला स्वास्थ्यस्वयमसेविका कार्यक्रम, प्राथमिक उपचार, ऒपिडी सम्बन्धी, टिभी, क्षयरोग, कुषठरोग, ल्याब सेवा अदीको एक वर्षाको तथ्याङ्क प्रमाणिकरण गरिएको  परियोजना व्यवस्थापक चॏधरीले बताउनुभयो । यस कार्यले गुणास्तरीय सेवा प्रवाहको लेखाजोखा गरी प्रमाणीकरण हुने र सहि तथ्याङकले सरकारलाइ योजना, नीति निर्माण गर्न सहज हुने उहाँको भनाइ छ ।

यो तालिमले अा र्थिक वर्ष २०८०÷८१ को समिक्षासम्म पुग्दा तथ्याङ्क व्यवस्थापनको कार्य थप सुदृढ हुने अपेक्षा गरेकाो स्वास्थ्य कार्यालयका प्रमुख नारायण चाैधरीले बताउनुभयाे । यूएमएनका टोली प्रमुख शिवप्रसाद सुवेदीले DHIS 2 तथा ELMIS सम्बन्धि तालिमले तथ्याङक संकलन र व्यवस्थापन गर्नमा स्वास्थ्यकर्मीलाइ ठुलो मदत पुग्ने बताउनुभयो । तालिममा सहभागीहरूलाइ सिकेको कुरा व्यवहारमा लागु गर्न उहाँले अग्रह गर्नुभएको छ । यस तालिमले तथ्याङ्क व्यवस्थापनमा सहज हुने सहभागीहरूले बताएका छन् । तिन दिनको अवधिमा सिकेका कुराहरूलाइ व्यवहारमा लागु गरेर अबका दिनमा तथ्याङक संकलन र व्यवस्थापनको कार्यलाइ सुदृढ गराउने प्रतिबद्दता तालिममा सहभागी स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।

तालिमको सहजिकरण स्वास्थ्य कार्यालय रूकुम(पुर्व) का प्रमुख नारायण प्रसाद चॏधरी, जनस्वास्थ्य निरिक्षक यादव प्रसाद शर्मा, श्याम चॏधरी, ल्याब टेक्निसियन निम प्रसाद गिरी, केल्ड चेन निरिक्षक मनेज श्रेष्ठ,  जनस्वास्थ्य नर्सीङ निरिक्षक दिपा खड्का, रुकुम(पूर्व) अस्पतालका रोशन तिमिल्सनाले गर्नुभएको थियो । यूनाइटेड मिसन टु नेपाल रूकुम(पूर्व) कलष्टरको आर्थिक तथा प्राविधिक सहयोग स्वास्थ्य कार्यालयसँगै भूमे र पुथा उत्तरगंगा गाउँपालिकाको समन्वय र नेपाल जनजागरण मञ्चको आयोजनामा तालिम संचालन गरिएको हो ।