रुकुम(पूर्व) मा सार्वजनिक स्थानमा महिलालाई अभद्र व्यवहार गर्ने चार जना पक्राउ परेका छन् । रुकुम(पूर्व) भूमे गाउँपालिका वडा नम्बर ८ कुचिबाङकी २० वर्षिया साजना रोका मगरलाई हिडिरहेको बेलामा सार्वजनिक स्थानमा तानातान÷हातपात गरी दुव्र्यवहार गरेकोे भन्दै प्रहरीले ४ जना पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी नायव उपरिक्षक(डिएसपी) अन्जना श्रेष्ठले जानकारी दिनुभयो ।

डिएसपी श्रेष्ठका अनुसार पक्राउ पर्नेहरुमा भूमे गाउँपालिका २ काँक्रिमा बस्ने ४० वर्षका जयकुमार पुन, २६ वर्षका विकाश पुन, २६ वर्षकै कमल पुन, वडा नम्बर ३ का २९ वर्षका विकाश रोका मगर रहेका छन्् । उनिहरुले यही साउन महिनाको ४ गते दिउसो ती महिलालाई भूमे गाउँपालिका १ लुकुममा हिडिरहेको बेलामा ४ जना पुरुषले दुव्र्यवहार गरिरहेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको थियो । त्यसै भिडियो र ती महिलाको बयानको आधारमा ती चार जनालाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताउनुभयो ।

उनिहरुमाथी अभद्र व्यवहार सम्बन्धि कसुर मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय रुकुम(पूर्वी भाग) बाट १० दिनको म्याद थप भई अनुसन्धानलाई अघि बढाइएको छ ।