नारायण ओली

परिचयः

साधारणतया गँड्यौलाले कुनै पनि कुहिने वा सजिलै नष्ट हुने वनस्पती जन्यअथवा प्राङगरिक पदार्थ खाई उसले गरेको दिशा(Cast) मिसिएर तयार भएको मल नै भर्मी कम्पोष्ट मल हो । कुनै निश्चित क्षेत्र अथवा चिश्यान रहिरहने स्थानमा खाल्डो तयार पारेर गडैँला पालन गरेर गर्न सकिन्छ । गडैँलाका लागि  कृषि जन्य वस्तुहरु खानाकोरुपमा प्रयोग गर्न सकिन्छ र गड्यौलाको दिशा मिसिएको मल उत्पादन हुने गर्दछ । त्यसलाई हामिहरुले सजिलै खेत बारीमा प्रयोग गर्न सकिन्छ । यसो गर्दा फोहोर व्यवस्थापन गर्न पनि सजिलो हुन्छ । गँड्यौला बढी भए को अवस्थामा माछा, हाँस, कुखुरा आदिलाई दानाको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।यसरी गँड्यौले मल तयार गरी  प्रयोग गर्न थालियो भने रासायनिक मलको प्रयोग गर्नु पर्दैन । रुकुम पूर्व जस्तो प्रांगारिक जिल्लाका लागि झन राम्रो अवसर हुन सक्छ । प्रांगारिक जिल्लाका लागि थोरै लगानीमा धेरैउत्पादन लिन सहयोग मिल्न सक्छ ।  गँड्यौले मलको प्रयोगले माटोमा उर्वरा शक्तिको बृद्धि र प्राकृतिक गुण बिग्रिन दसदैन । त्यसैले यो मलको प्रचार यसको बजारको व्यवस्था गरि गँड्यौले मल बनाउन प्रोत्साहन गर्नुपर्दछ।

यो मल तयार गर्दा ईपिजेई गँड्यौलाको प्रयोग गर्न सकिन्छ । यो गड्यौँला जमिनको सतहमाबस्छन् र जैनिक पदार्थ मात्र खान्छन्। तसर्थ गड्यौले मलका लागि यहीप्रजातीको गँड्यौला प्रयोग गरिएको हो । यो जातको गड्यौलाले १ दिनमाकिरब १–७ ग्राम प्रैगारिक पदार्थ खान्छ र ०.८–६ ग्रामसम्म मल उत्पादन गर्दछ। तसर्थ १के .जी गडयौलाले प्रत्पादन करिब ०.८–६ के जीसम्म मल उत्पादनगर्छ।हाल भर्मीकल्चरका लागि धेरै प्रजातीका गडयौलाहररु प्रयोग हुदै आएका छन ।भर्मी कम्पोष्टले दुर्गन्ध फैलाउने र झिंगा, लामखुट्टे बढाउने काम गर्दैन यसले वातावरण सफा राख्न सहयोग गर्ने गर्छ । वातावरणको तापक्रम नियन्त्रण हुँदा ब्याक्टेरिया क्रियाशील र सक्रिय रहन्छन्। भर्मी कम्पोष्टमल तयार हुन मदत मिल्ट । यो मल डेढ देखि दुई महिनामा तयार हुन्छ। यसमा २.५ देखि ३% नाइट्रोजन, १.५ देखि २% सल्फर र १.५ देखि २% पोटास पाईन्छ । प्रत्येक महिनामा एक टन कम्पोष्ट मल तयार गरि बिक्रि गर्न वा खेतबारीमा प्रयोग गर्न सकिन्छ ।

 

गँड्यौलाहरुः

एनेलिडा फाइलममा पर्ने ढाड नभएको जीव हो। यो माटो भित्र बस्ने जीवले कृषि जन्य खाने कुराहरु खाने गर्दछ। खानेकुरा खोज्न तथा वसोवासका गर्नका लागि माटो खन्ने हुनाले यसलाई प्राकृतिक हलोको रूपमा पनि चिनिन्छ। यो जीवको शरीर बेलनाकार र खण्डखण्ड परेको हुन्छ। यसको सम्पूर्ण शरीर मांशपेशिले बनेको हुन्छ । यो  एकदमै ओशिलो खालको  वातावरणमा बस्ने गर्दछ। यो जनावरको टाउको, मुख, जीउ र मलद्वार स्पष्ट छुट्टिएको हुन्छ। भाले र पोथी प्रजनन अङ्ग एउटै शरीरमा हुने भएकोले गँड्यौला एउटा उभयलिङ्गी जीव पनि भनिन्छ । भर्मि कम्पोष्ट मल तयार गर्दा यति उपयुक्त मानिन्छ । गँड्यौले मल तयार गर्दा प्रयोग गर्न सकिने गड्लाहरु निम्न प्रकारका छन ।

तपसिलः

  • इन्सिनिडा फोइटिडा
  • युड्रिलसयुजिनियन
  • लुब्रिकसरेवेलस
  • लुल्याम्पिटो म्याउरिटी

 

भर्मिकम्पोष्टमल बनाउदा के चाहिन्छः

 

  • गड्यौलाको जातले मलको गुणस्तरमा प्रभाव पार्ने भएकोले नेपालकोसन्दर्भमा सबैभन्दा उपयुक्त जात इनियाफोइटिडा रयुड्रिलसयुजिनिय हुन।तुलनात्मक रुपमा धेरै प्रकारका प्राङ्गारिक पदार्थहरुलाई छिटो र धेरै कम्पोष्टको रुपमा तयार गर्न सक्ने गुण भएकाप्रजातीहरु हुन ।  नेपाली  किसानहरु माझ यो प्रजातीहरु धेरै लोकप्रिय छन ।
  • आवश्यक्ता अनुसारको छानोको व्यवस्था गरि ओस कायम गर्ने।
  • पातपतिङगर, गाई भैसीको गोवर,गोवर ग्यास पल्नटको उपज, झारपात,घरबाट निस्केको फोहोर, साग सब्जीको बोक्रा, पुराना कागज, जुटका बोराहरु, खोर गोठबाट निस्केका स्याउला, सोत्तर, पराल आदि ।

 

गँड्यौले मल तयारी गर्ने तरिकाः

  • जुन फोहोरबाट कम्पोष्ट बनाउने हो त्यसमा भएका गिलास, ढुङ्गा, धातुका टुक्रा अथवा नकुहिने वस्तसलाई छुट्याउनुपर्छ ।
  • गँड्यौलाहरूलाई खानाको लागि आधा कुहिएको गाढा सामग्रीहरु राख्नुपर्छ।
  • जमिनभन्दा माथि गँड्यौला राख्न नर्सरी बेड तयार गरि काठले हल्का खादेर ओछ्यानलाई बलियो र समथर बनाउनुपर्छ।
  • समथर तहमा ५-८सेन्टिमिटर (२-४इन्च) मोटो बालुवाले पुरेर समथर बनाउनुपर्छ ।
  • बालुवाको सतहमा दोमट माटोको ६ इन्च बाक्लो राख्ने रदोमट माटो उपलब्ध नभएको खण्डमा कालो माटोमा ढुङ्गाको धुलो मिसाएर फिजाउनुपर्छ।
  • यसरी तयार पारिएको सतहमा सजिलैसंग नमिल्ने जैविक पदार्थ जस्तै नारिवलको झुसी, उखुका पात, ज्वारको डाँठ, मकैका डाँढआदिले दुई इन्च बाक्लो सतह तयार गर्नुपर्छ।
  • त्यसमा २–३ इन्च बाक्लो गाई वा भैसीको गोबर मल राख्नुपर्छ ।
  • पातपतिङगर, गाई भैसीको गोवर,गोवर ग्यास पल्नटको उपज, ओईलाएको झारपात,घरबाट निस्केको फोहोर, साग सब्जीको बोक्रा, पुराना कागज, जुटका बोराहरु, खोर गोठबाट निस्केका स्याउला, सोत्तर, पराल राखेर ७ दिन पछि मात्र गँड्यौला राख्नुपर्छ ।
  • गँड्यौला राखिसकेपछि त्यसमाथि गाईको गोबर, पातपतिङगर आदि लगायतका प्राङगारिक वस्तुहरु ६ देखि ८ इन्च सम्मको बाक्लो सतह बनाई बाक्लो भाङ्ग्रा वा जुटको बोराले छोपेर पानी छम्किनु।
  • ४५ देखि ५० प्रतिशत चिस्यान कायमराख्नका लागि दैनिक आवश्यकता अनुसार छोपेको स्थानमा पानी छर्किनुपर्छ ।अत्यधिक चिस्यानका कारणले गर्दा हावाप्रवेश नभएर त्यहा भएका सूक्ष्म जीव र गँड्यौलाले काम गर्न सक्दैनन् गँड्यौलाहरू पनि मर्न सक्छन् त्यसैले होसियार भएर राख्नुपर्छ ।
  • गँड्यौला कल्चर गरिसकेपछि कम्पोष्ट बेडको तापक्रम २५ देखि ३० डिग्री सेन्टिग्रेड हुनुपर्छ।
  • कम्पोष्ट नर्सरीको ओछ्यानमा गाई भैसीको गोबर मल कडा वा गाँठो बनेको छ यदि छ भने हातले फुटालेर मसिनो बनाउनुपर्छ । एक, हप्तामा एक पटक कम्पोष्ट नर्सरीको फोहोर तल माथि बनाउनुपर्छ।
  • ३० दिनपछि साना गँड्यौलाहरू कम्पोष्ट नर्सरीमा देखिन थाल्छन्।
  • ३१ औँ दिनमाकम्पोष्ट नर्सरीमा २ इन्च बाक्लो फोहोरको तह फैलाएर ओसिलो बनाउनुपर्छ ।
  • यसरी हप्तामा दुई पटक फोहोरको सतहमा तह फैलाउदै जानुपर्छ रबायोमासको सतहमा पानी छर्केर ओसिलो राख्नुपर्छ।
  • ३-४सतह बनाई बिछाएको २-३दिन पछि, हल्का रूपमा तल माथि उल्टाउनुपर्छ र आर्द्रता कायम राख्नुपर्छ।
  • ४२ दिन पुगेपछि पानी छर्कन रोक्नुहोस्।
  • यस विधिबाट डेढ महिनामा कम्पोष्ट कम्पोष्ट बनाउन सकिन्छ, यसरी तयार गरिएको मल चियापत्तीको पाउडर पाउडर जस्तो देखिन्छ र माटो जस्तै गन्ध हुन्छ।
  • यसरी तयार गरिएको मल खाल्डोबाट हटाउनुपर्छ र मलको सानो थुप्रो बनाउनुपर्छजसका कारणले मलको तल्लो सतहमा गँड्यौलाहरू बस्छन्।
  • खाल्डोबाट हातले मललाई अलग गर्नुपर्छ र यो कार्यमा कुटो कोदालो प्रयोग गर्नुहुदैन किनभने गँड्यौला मर्न सक्छन ।
  • यसरी गँड्यौलाहरु पर्याप्त मात्रामा बढिसकेका हुनेछन्, आधा गँड्यौलाले सोही प्रक्रिया दोहोर्‍याउने र बाँकी आधाबाट नयाँ नर्सरी बेड बनाउनाई, मल बनाउनसकिन्छ । यसरी प्रत्येक ५०-६० दिनमा एक वा दुईवटा नयाँ कम्पोष्ट बेड गँड्यौलाको संख्या अनुसार बनाउन सकिन्छ र आफुलाई आवश्यक पर्ने जति मल बनाउन सकिन्छ।
  • नर्सरीलाई कडा घाम र कडा वर्षाबाट जोगाउन, घाँसको शेड वा छानो बनाउन आवश्यक छ।
  • यसरी तयार भएको मललाई १-२ महिना सम्म राखेपछि मलमा मिसिएकागड्यौलाको कोकन बाट बच्चा निस्किन्छ र यस गड्यौलाका बच्चालाई लाईपूनः प्रयोग गर्न सकिन्छ।

 

गँड्यौले वा भर्मी कम्पोस्टको प्रयोग किन गर्ने ?

  • गँड्यौलाले जमिनको गुणस्तर सुधार गर्न सहयोग गर्दछ।
  • जमिनको पानी धारण गर्ने क्षमतालाई बढाउछ ।
  • जमिनको उपयुक्त तापक्रम कायम राख्न वा सुधार गर्न मद्दत गर्छ।
  • जमिनबाट पानीको वाष्पीकरण कम हुने, सिँचाइको पानी बचत हुने, गँड्यौलाहरूले तल्लोसतहको माटोलाई माथि ल्याउँछन् र माटोको खुकुलोपन बढाउछ।
  • नाइट्रोजन, फस्फोरस, पोटास र अन्य ट्रेस तत्वहरू गँड्यौले मलमा प्रसस्तै मात्रामाहुनाले बिरुवाहरूलाई आवश्यक खाद्य तत्वहरु उपलब्ध हुन्छ।
  • माटोमा उपयोगी ब्याक्टेरियाहरुको संख्यामा वृद्धि भएको हुनेछ।

 

गँड्यौले मलको महत्वः

  • भर्मि कम्पोष्ट मलको प्रयोगले जमिनको उर्वराशक्ति, वातनशीलता मात्र बढाउँदैन, जमिनको पानी सोस्ने क्षमता पनि बढाउँछ।
  • भर्मी कम्पोष्ट मलको प्रयोगले उत्पादन बृद्धिहुने गर्दछ।
  • भर्मीकम्पोस्ट बनाउदा जमिनमा झारपातको मात्रा घट्न गई बिरुवामा रोग लाग्ने सम्भावना कम हुन्छ।
  • बिरुवा र माटो बीच प्रंगारिक तत्वहरुआदान प्रदान मा वृद्धि हुन्छ।
  • भर्मीकम्पोष्टको प्रयोग गर्ने फार्महरूले विभिन्न बालीहरूको उत्पादन २५-१००% सम्म बढाउन सक्छन।
  • माटोमा पोषक तत्वको मात्रा बढ्छ।
  • भर्मी कम्पोस्ट भएको माटोमा नाइट्रोजन, फस्फोरस, पोटासको अनुपात ५:८:११ हुने भएकाले बालीनालीलाई पर्याप्त मात्रामा पोषक तत्व सहजै उपलब्ध हुन्छ।
  • गँड्यौलाको मलमा पेरिट्रोपिक झिल्ली हुन्छ, जसले माटोमा धुलोका कणहरू टाँसेर माटोको वाष्पीकरणलाई रोक्छ।
  • गँड्यौलाको शरीरको भागमा ८५% पानीले बनेको हुन्छ, त्यसैले खडेरीमा पनि तिनीहरू आफ्नो शरीरमा पानीको कमी भए पनि बाँच्न सक्छन् र मरेपछि जमिनलाई नाइट्रोजन प्रदान गर्छन्।
  • भर्मीकम्पोस्टले माटोमा जैविक पदार्थ बढाउने र जैविक गतिविधिहरूलाई निरन्तरता दिन्छ ।
  • यसको प्रयोगले जमिन उर्वर र राम्रो बन्न मद्दत मिल्छ ।
  • यसले खेतमा हानिकारक कीराहरू नष्ट गर्दछ र यसको यसले विषादीको प्रयोगकम हुन्छ।
  • यो मल प्रयोग गरेपछि, जमिनमा पोषक तत्वको उपलब्धता २-३ बाली सम्म रहन्छ।
  • माटोमा गँड्यौलाको सक्रियताको कारणले बिरुवाको जराका लागि उपयुक्त वातावरण सृजना हुन्छ, जसका कारण बृद्ध र विकास राम्रो हुन्छ।
  • यो मल फोहोर, गाईको गोबर र बालीको अवशेषबाट जस्ता कुहेर बातावरण प्रदुषन बनाउने प्रंगारिक बस्तुबाट बनाइन्छ, जसले गर्दा वातावरण प्रदूषित हुँदैन।
  • यो मलको प्रयोग गर्दा सिँचाइमा लाग्ने लागत कम हुन्छ।
  • रासायनिक मलको निरन्तर प्रयोगका कारण माटोको उर्वराशक्ति घट्दै गएको अवस्थामायो मलको प्रयोगले माटोको उर्वराशक्ति बढाउन सकिन्छ ।
  • भर्मिकम्पोष्टको प्रयोगले फलफूल, तरकारी, अन्नको गुणस्तरमा सुधार ल्याउने भएकाले किसानको उत्पादनले राम्रो मूल्य पाउँछन् ।
  • गँड्यौलामा पाइने सूक्ष्मजीवहरूले माटोको पीएचसन्तुलनमा सहयोग मिल्छ।
  • उपभोक्ताले पौष्टिक र विषादी रहित खाना पाउँछन् ।
  • ग्रामीण क्षेत्रमा यसको प्रयोगबाट रोजगारीका बृद्धि भई आएआर्जनका बमटाहरु बिस्तार हुन्छन।
  • यो मल बनाउनका लागि समय कम खर्च हुन्छ ।
  • गँड्यौलाहरूले तल्लो माटोलाई माथि ल्याउँछन् र माटो खुकुल्लो बनाईगुनस्तरिय बनाउँछन्।

 

भर्मीकम्पोस्ट प्रयोग गर्दा सावधानीहरूः

  • जमिनमा गँड्यौला मल प्रयोग गरेपछि रासायनिक मल र कीटनाशक प्रयोग गर्नुहुदैन।
  • गँड्यौलाहरूलाई खानाको लागि नियमित रूपमा गुणस्तरको प्रांगारिक पदार्थ उपलब्ध गराउनुपर्छ।
  • गँड्यौलाले उपयुक्त मात्रामा खाना र चिस्यान पाएपछि सक्रियता बृद्धि गर्छ ।
  • भर्मिकम्पोष्ट मल तयार गर्दा तेलजन्य पदार्थ, अण्डाको बोक्रा हड्डि, विभिन्न दुग्ध उत्पादनहरु, रगतहरु र घोडा, कुकुर, बिरालो आदिको मल लाई भुलेर पनी प्रयोग गर्नु र गराउनु हुदैन ।

यस लेखका लेखक भूमे गाउँपिलकाको पशु सेवा शाखामा नायव पशु सेवा प्राविधिक पदमा कार्यरत हुनुहुन्छ ।