रुकुमकोट: रुकुम (पूर्व) मा पशुपंक्षी तथा मत्स्य नियमन कार्यक्रम अन्तर्गत जिल्ला सदरमुकाम रुकुमकोटमा रहेका मासु पसल र एग्रोभेट अनुगमण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा ७ वटा मासु पसल र दुई वटा एग्रोभेटको अनुगमण गरिएको हो ।
सिस्ने गाउँपालिका ६ छिप्रीदहमा रहेको समृद्धि कुखुरा पालन फार्म, अर्बिन फ्रेस हाउस, मल्ल फ्रेस हाउस, मधु मिट सप, स्यालापाखी बंगुर मासु पसल, राजकुमार एण्ड राजधानी रांगा मासु पसल र रोशन कुखुरा तथा दाना सप्लायर्सको आुगमन गरिएको एकिकृत कृषि तथा पशुपंछी विकास कार्यालयका कार्यालय प्रमुख पिताम्बर बस्नेतले जानकारी दिनुभयो । उहाँकाअनुसार ओली एग्रोभेट एण्ड सप्लायर्स फार्म र बेसी एग्रोभेट सेनटरको अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा अधिकांस मासु पसलमा सरसफाई नभएको, सेतो टायल नलगाएको, भूइमा मार्बल नबिछाएको, मासु काट्दा एप्रोन नलगाउने गरेको, मासु काट्ने औजारहरुमा खिया लागेको, दर्ता बिना मासु पसल संचालन गर्ने गरेको पाइएको अनुगमन टोलीले बताएको छ । अनुगमणको क्रममा भेटिएका कमीकमजोरीहरुलाई तत्काल सुधार गर्न व्यवससायीहरुलाई सल्लाह सुझाव दिइएको छ ।
जिल्ला प्रशासन कार्यालयको नृतृत्वमा एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, ६ नम्बर वडाध्यक्षसहित प्राविधिकहरुको उपस्थितीमा अनुगमन गरिएको हो ।