रुकुमकोट: नेपाल प्रेस युनियन रुकुम पुर्व शाखा अध्यक्षमा चेतकुमार विसी निर्वाचित हुनु भएको छ । शनिबार सदरमुकाम रुकुमकोट स्थित होटेल लेक सिटिमा भएको प्रथम जिल्ला अधिवेशनबाट विसी सर्वसहमत अध्यक्षमा निर्वाचित हुनु भएको हो । 
प्रथम जिल्ला अधिवेशनबाट उपाध्यक्षमा बसम मल्ल र पुजा बुढाथोकी चयन हुनुभएको छ । यस्तै सचिवमा प्रभा बस्नेत छनोट हुँदा सहसचिबमा उषा थापा र काेषाध्यक्ष सामना बुढाथोकी छनोट हुनु भएको प्रेस युनियन रुकुम पुर्वले जनाएको छ ।
ऐतिहासिक प्रथम जिल्ला अधिवेशनबाट १३ सदस्य जिल्ला कार्य समिति छनोट गरिएको नव निर्वाचित अध्यक्ष विसीले बताउनुभयो । उहाँका अनुसार सदस्यहरुमा दिलीप चन्द, कृतिमा बिसी, अनु हमाल, प्रमिला बिक, शिव बुढाथोकी, सूचना बुढा र लिङकल गौतम निर्वाचित हुनुभएको छ ।
सबै पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको छ । रुकुम पुर्व छुट्टै जिल्ला घोषणा भएको लामो समय पछि प्रेस युनियन गठन भएको हो ।

