रुकुमकोट: नेकपा माओवादी केन्द्र रुकुम पूर्व संयोजकको जिम्मेवारी रामसुर बुढा मगर ‘बिरता’लाई दिइएको छ ।पार्टीको लुम्बिनी प्रदेश समिति बैठकले ‘बिरता’लाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो ।
विगत ९ महिनादेखि संयोजक पद रिक्त थियो । प्रदेश र संघीय निर्वाचनमा गठबन्धनलाई असहयोग गरेको भन्दै तत्कालिन संयोजक होमप्रकाश श्रेष्ठ हिमाल र अहिले संयोजकको जिम्मेवारी पाउनु भएका बिरता लगायतलाई पार्टीले कारबाही गरेको थियो ।
त्यसपछि माओवादी केन्द्र रुकुम पूर्व संयोजक विहिन थियो । यद्धपि उक्त कारबाही फिर्ता भइसकेको छ ।