रुकुमकोटः नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एवम् रुकुम पूर्वका जिल्ला इन्चार्ज तेजबहादुर ओलीले पार्टी प्रदेश कमिटिले गरेको निर्णय प्रति असहमति जनाउनु भएको छ । पार्टी लुम्बिनी प्रदेश समिति बैठकले रुकुम पूर्वको संयोजकको जिम्मेवारी रामसुर बुढालाई दिइएकोमा ओलीले असहमति जनाउनु भएको बुझिएको छ ।

विगत ९ महिना देखि माओबादि केन्द्रमा संयोजक पद रिक्त रहेको थियो । हालै बसेको लुम्विनी प्रदेश समितिको बैठकले रुकुम पूर्वको संयोजकको जिम्मेवारी बुढालाई दिएको छ ।

गएको वर्ष मंसिर ४ मा सम्पन्न प्रदेशको चुनावमा जिल्ला इन्चार्ज ओलीलाई पार्टीले प्रदेश निर्वाच क्षेत्र नम्बर १ बाट प्रदेश सदस्यको उम्मेदवार बनाएको थियो । सोहि चुनावमा इन्चार्ज ओलीको उम्मेदवारी प्रति असन्तुष्टि जनाउदै अहिले तोकिनु भएका जिल्ला संयोजक बुढाले स्वतन्त उम्मेदवार उठन प्रोत्साहन गर्नुभएको थियो ।

बुढाको विशेष भूमिकामा पार्टीका उम्मेदवार ओलीलाई हराउन माओबादी केन्द्रकै नेता सुरुल पुन स्वतन्त्र उम्मेदवार उठनुभयो । स्वतन्त्र समुह बनाउनुभएका बुढा लगायतका नेता कार्यकर्तालाई पार्टीले साधारण सदस्य समेत नरहने गरि निष्कासन गर्यो ।

पार्टीले उठाएको आधिकारिक उम्मेदवारका विरुद्धमा उम्मेदवारी दिएको भन्दै उम्मेदवार पुन र बुढा लगायत स्वतन्त्र उम्मेदवारलाई सघाउन लागि परेका नेता कार्यकर्तालाई पार्टीले कार्वाहिको डन्डा चलाएको थियो । चुनावमा पार्टीका उम्मेदवार तथा जिल्ला इन्चार्ज समेत रहनु भएका ओलीलाई पुनले पराजित गर्नुभयो ।

पार्टीका उम्मेदवार हराउन लागि परेका नेता कार्यकर्ता माथि चलाइएको डन्डा धेरै महिना टिकेन । पछि सवै नेता कार्यकर्ताको कार्वाहि फुकुवा गरियो । चुनावको समयमा पार्टीलाई असहयोग गर्नेलाई अनुशासनमा राख्नुको सुट्टा पार्टीले उपहार दिदै गरेको भन्दै नेता ओलीले असन्तुष्टि जनाउनुभएको छ ।

जिल्लाको गम्भिर संवेदनशिल अवस्थालाई बेवास्था गरेर चुनावको समयमा देखा परेका समस्या र अन्तरविरोधलाई आधार बनाइ गुटबन्धिको आधार खडा गर्न गरिएको प्रस्ताव, दवाब र घेराबन्दिमा परि प्रदेश कार्यालयले गरेको अभियानको नेतृत्व पार्टी केन्द्रको स्प्रिट र जिल्ला संयोजक छनोटको निर्णय इमान्दार पार्टी कार्यकर्ताको भावना विपरित छ, उहाँले निर्णय पुनः विचार सम्बन्धि पत्रमा लेख्नु भएको छ ।

जिल्लामा देखा परेका समस्या औपचारिक रुपमा समाधान भए जस्तो भएपनि व्यवहारिक र भावनात्मक रुपमा समाधान नहुदैँ  प्रदेशको मनोगत र अव्यवहारिक निर्णयले समाधान उन्मुख जिल्लाको समस्या झन जटील बनेको उहाँले स्पष्ट पार्नुभयो ।

प्रदेशको निर्णयले इमान्दार पार्टीका नेता कार्यकर्तामा ठुलै निराशा र निष्कृयता देखा पर्ने स्थिति बन्यो । त्यसकारण फरक ढंगबाट त्यसको सम्बोधन र संरक्षण गर्नुपर्ने मैले देखे । त्यसैले पार्टीको तीन महिने अभियानमा तोकिएको कार्यक्षेत्र रोल्पामा जान नसक्ने कुरा जानकारी गराउदर्छु । ओलीले पत्रमा लेख्नुभएको छ । पार्टीले इन्चार्ज ओलीलाई तीन महिने जनतासंग माओबादी विशेष रुपान्तरण अभियानका लागि रोल्पामा खटाएको छ ।

प्रदेश कार्यालयले निश्चित नेताको दबाव र घेराबन्दिमा पेरर गरेको यस प्रकारको मनोगत निर्णय नसच्याउदासम्म तोकिएको क्षेत्रमा जान नसक्ने ओलीले बताउनुभएको छ । यद्यपि जिल्लामै रहेर फरक ढंगबाट आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता भने उहाँले जनाउनुभएको छ । संघ र प्रदेशको चुनाव देखि सुरु भएको माओबादी केन्द्र रुकुम पूर्वमा देखा परेको अन्तर संघर्ष फेरि चुलिने देखिएको छ ।