रुकुमकोट: जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले एक युवाको कुटपिट पश्चात हत्या गरेको अभियोगमा पाँच जना युवालाई पक्राउ परेको छ । जिल्लाको भूमे गाउँपालिका वडा नम्वर ५ का ३१ वर्षिय चन्द्र बहादुर बुढा, सोहि गाउँका २८ वर्षिय भाग्य बुढा, २५ वर्षिय तारा बहादुर बुढा, २५ वर्षिय रस्त बहादुर बुढा र २५ वर्षिय हस्त बहादुर बुढा मगरलाई पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिनुभयो ।

पाण्डेका अनुसार उनीहरुले गत भदौ १ गते भूमे गाउँपालिका ५ का २८ वर्षिय अन्जान बुढा मगरलाई कुटपिट गरेर गम्भिर घाईते बनाएका थिए । मछेनास्थित गोठबाट घरतिर फर्कने क्रममा पाँच जनाको आक्रमणमा परेर घाइते भएका अन्जानलाई उपचारको लागि रुकुम पूर्व अस्पतालमा ल्याइएको थियो ।

जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारको लागि भदौ ३ गते कोहलपुर मेडिकल कलेज रिफर गरिएकोमा सोहि दिन नै घाइते अन्जानको मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका पाँच जनालाई ज्यान सम्बन्धी कसुर मुद्धामा पक्राउ गरेको जनाएको प्रहरीले जनाएको छ । सोमबार रुकुमकोट जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर पक्राउ परेकाहरु माथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जनाएको छ ।