काठमाडौ: रुकुम पुर्व पुथा उत्तरगङगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्मला पोख्रेललाई दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुथा उत्तरगङगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पोख्रेललाई दिइएको हो ।

मन्त्रालयले मंगलवार ८० जना शाखा अधिकृतलाई एकैपटक गाउँपालिकामा खटाएको छ । त्यसक्रममा पोख्रेल पुथाउत्तरगङगामा पर्नु भएको हो । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले नयाँ नियुक्त भएका, ६ महिना तालिम सकेका शाखा अधिकृतहरुलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको बताएको छ ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रशासनतर्फको शाखा अधिकृत हुने कानुनी व्यवस्था छ । सोही व्यवस्था बमोजिम नयाँ शाखा अधिकृतहरुलाई स्थानीय तहमा खटाइएको स्थानीय तह कर्मचारी प्रशासन शाखाका उपसचिव खिलराज राईले जानकारी दिनुभयो ।

‘नयाँ शाखा अधिकृत सरुवा गर्दा लोकसेवा आयोगको योग्यता क्रमलाई ६० र ६ महिना तालिम लिएकोलाई ४० प्रतिशत गरी एकमुष्ट योग्यता क्रम निर्धारण गर्‍यौं, उपसचिव राईले भन्नुभयो त्यसपछि रिक्त पालिकामा योग्यता क्रम अनुसार छान्न दिएर उहाँहरुलाई गाउँपालिकामा पठाएका हौं’।

सामान्य प्रशासन मन्त्रालयले दिएको जानकारी अनुसार अब प्रमुख प्रशासकीय अधिकृत रिक्त स्थानीय तह ४० मा झरेको छ ।
कुन गाउँपालिकामा को पुगे ?