रुकुमकोटः रुकुम पूर्वको सिस्ने गाउँपालिकाले कृषकलाई निशुल्क तरकारीको बिउ वितरण सुरु गरेको छ । गाउँपालिकाको कृषि शाखाले चालु आर्थिक वर्ष ०८०।०८१ को वार्षिक स्वीकृत कार्यक्रमबाट हिउदे तरकारीको बिउ वितरण सुरु गरेको हो ।
गाउँपालिकाका ८ वटै वडाका किसानको मागका आधारमा तरकारीको बिउ खरिद गरिएको कृषि शाखा प्रमुख दिनेश ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार किसानलाई रायो, मुला, धनिया, गाजर, प्याज, बन्दा र काउलीको बिउ वितरण गर्न सुरु गरिएको छ । गाउँपालिकाले बिउ वितरण गर्न कृषकबाट माग संकलन गरेको थियो । कृषकले माग गरे अनुसार बिउ वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।
वितरण गरिएका र गर्न बाकी सवै बिउ उन्नत जातका हुन । गाउँपालिका केन्द्र रुकुमकोटका दुई वटा ५ र ६ लाई पालिकाबाट बिउ वितरण सुरु गरिएको कृषि नायब प्राविधिक सहायक दिपक विष्टले जानकारी दिनुभयो । मंगलबार गाउँपालिकाबाट दुई सय ३८ कृषकले एक हजार बढि प्याकेट बिउ लिएका छन ।
अन्य वडामा सम्बन्धित वडाबाटै बिउ वितरण गरिनेछ । जसको लागि ३, ४, ७ र ८ नम्बर वडामा बिउ पठाइएको छ । यि वडामा बुधबारबाट बिउ वितरण सुरु हुनेछ । अब १ र २ नम्बर वडामा बिउ पठाउन बाकि छ । १ र २ मा पनि भोलिसम्म बिउ पठाइने कृषि शाखाले जनाएको छ ।
पालिकामा गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बिउ वितरण कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । बिउ वितरण गर्दै अध्यक्ष रेग्मीले सिस्ने गाउँपालिकालाई तरकारीमा आत्मनिर्भर गराउने गरि उत्पादनमा जोड दिन कृषकलाई आग्रह गर्नुभयो । तपाईहरु व्यवसायिक ढंगले तरकारी खेतिमा लाग्नुस् । व्यवसायिक तरकारी खेती गर्ने कृषकहरूको साथमा गाउँपालिका छ, अध्यक्ष रेग्मीले भन्नुभयो हामि कृषकमुखी कार्यक्रम विस्तार गर्दै जानेछौ ।