नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव एवम् लुम्बिनी प्रदेशका इन्चार्ज हितमान शाक्यले अब नेकपा माओवादी केन्द्रले अलग पहिचान बनाएर जानुपर्ने बताउनुभएको छ । विगतका दिनमा माओवादीको छुट्टै खालको पहिचान भएको र त्यो पहिचानलाई कायम गर्न नसकिएको बताउदै अब अलग पहिचान बनाएर जानुपर्ने बताउनुभयो । घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने नाराका साथ आजबाट देशव्यापी रुपमा सुरु भएको माओवादी रुपान्तरण अभियान अन्तगर्त रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा आयोजना गरिएको उद्धघाटन कार्यक्रमलाई संबोधन गर्दै सचिव शाक्यले यस्तो बताउनुभएको हो ।
माओवादीले ल्याएको व्यवस्थालाई टेकेर देश चलिरहेको अवस्थामा माओवादीले भने आफैले ल्याएको व्यवस्थामाथी आफ्नो पहिचान कायम गर्न नसकेको बताउदै सचिव शाक्यले त्यसतर्फ ध्यान दिनुपर्ने र अभियानको क्रममा जनतालाई यस्ता कुरा बुझाउनुपर्ने बताउनुभयो । “रुकुम (पूर्व) माओवादीको आधार इलाका हो”, उहाँले भन्नुभयो, “आफ्नै कारणले आधार क्षेत्रमा फाट्यौ ।” बिग्रदै गएको कार्यशैलीको कारण एकता अभावमा कमजोर बन्न पुगेको उहाँको भनाई छ ।
जनआन्दोलन देखी यहाँसम्मको अवस्थामा आउदा पार्टीमा देखिएमा समस्या, विभिन्न चरणमा आएका उतारचढावलाई हेरेर तीनै समस्या समाधानको लागि अहिले विशेष रुपान्तरण अभियान चलाईएको सचिव शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “यो परिवर्तनकारी अभियान हो । जनतासँग गहिरो मित्रता गास्ने अभियान हो । अमुल्य समय हामीले यस पार्टिमा गुजारेका छौ । नेतालाई गाली गर्ने आलोचना गरेर पार्टी उभो लाग्दैन । नेताले एकअर्काको आलोचना गर्न छोडेर जनतामा जाऔ । जनताको आलोचना सुनौ । तीन महिनामा आलोचना छोडेर एकले अर्कोलाई सम्मान गरेर जाऔ । पार्टीमा केहिन केहि परिवर्तन अवश्य देखिने छ ।”
उहाँले थप्नुभयो, “हामीले समाजवादको आधार तयार गर्नुपर्छ । अझै पनि सामन्तवादको अन्त्य भइसकेको छैन । यसको नेतृत्व माओवादीले गरेको छ । आफुले गरेका कमजोरिलाई लिएर जनतामाझमा जानुपर्छ । यो तीन महिनाले सबै कुरा परिवर्तन हुन्छ भन्ने छैन तर एउटा संस्कारको विकास गर्ने र त्यसै अनुसार चल्ने हो । यसले पार्टी सुद्धृढ गर्न ठुलो मदत पुग्ने छ ।
अहिले सरकारले राम्रो कदम चालेको छ । सुशासन कायम गर्दै भ्रष्टाचार अन्त्यको कदम चालिरहदा देशी विदेशी शक्तिले अहिले प्रचण्ड नेतृत्वको सरकारलाई घेराबन्दिमा पारिरहेको बताउदै यसको विरुद्धमा पनि खरो रुपमा उत्रिने बेला आएको सचिव शाक्यले बताउनुभयो ।