घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने नाराका देशव्यापी रुपमा संचालित माओवादी रुपान्तरण अभियानको लागि सिस्ने गाउँपालिकामा कार्य विभाजन गरिएको छ । आज रुकुमकोटमा गाउँ कमिटीको आठौ विस्तारित बैठक बसेर तीन महिने अभियान संचालनको लागि जिम्मेवारी बाडफाड गर्ने र जानकारी गराउने कार्य गरिएको छ ।

जसअनुसार केन्द्रले सिस्ने गाउँपालिकाको लागि केन्द्रिय सदस्य एवम् वाइसियल अध्यक्ष सुबोधराज शेर्पाली र विनोद पहाडीलाई खटाएको थियो । जसमा १ देखी ४ नम्बर वडाको नेतृत्व शेर्पाली र ५ देखी ८ नम्बर वडाको नेतृत्व पहाडीले गर्नुहुने छ । सिस्ने गाउँपालिकामा खटिएका प्रदेश सदस्य, जिल्ला समन्वय समितिका सदस्य र पालिका समितिका पदाधिकारी, सदस्यहरुको जिम्मेवारी बाँडफाड गरिएको नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य एवम् सिस्ने गाउँपालिका इन्चार्ज कृष्ण रेग्मिले जानकारी दिनुभयो ।

उहाँकाअनुसार यस तीन महिने रुपान्तरण अभियानमा सिस्ने गाउँपालिकाको १ र २ नम्बर वडामा प्रदेश सदस्य ओमकुमारी शाही, जिल्ला समन्वय समिति सदस्य जिवन केसी, सल्लाहकार सदस्य जेवी पुन, सिस्ने गाउँ कमिटी अध्यक्ष मन्सराम खड्का र यस वडाबाट प्रतिनिधित्व गरेको सबै गाउँ कमिटीका सचिवालय र अन्य सदस्यहरु खटिनुपर्ने छ ।

३ नम्बर वडामा प्रदेश सदस्य महेन्द्र बुढा र ४ मा प्रदेश सदस्य जयबिर घर्ती खटिदा जिल्ला समन्वय समिति सदस्य दुर्गा गौतम, गाउँ कमिटीका पदाधिकारी कलबहादुर खड्का र रेवन खड्कासहित यी वडामा रहेका पालिकाका सचिवालय र अन्य सदस्यहरु अभियानमा खटिनेछन् । यस्तै ५ र ६ नम्बर वडामा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश उपाध्यक्ष विरबहादुर खत्री, प्रदेश सदस्य संगम रोका र प्रदेश सचिवालय सदस्य कृष्ण रेग्मि खटिदा जिल्ला समन्वय समिति सदस्य वासुदेव गौतम, सल्लाहकार सदस्य हरिकृष्ण गौतम र सुर्यबहादुर नेपाली, गाउँ कमिटीका पदाधिकारी शान्तेबहादुर विक र भद्रि थापा र यस वडामा रहेका गाउँ कमिटीका सचिवालय र अन्य सदस्यहरु सहभागि हुनेगरी कार्यविभाजन गरिएको सिस्ने गाउँ कमिटीले जनाएको छ ।

यस्तै ७ र ८ नम्बर वडामा प्रदेश सदस्य गजेन्द्रबहादुर ओलीसँगै जिल्ला समन्वय समिति सदस्य मानबहादुर बुढाथोकी, सल्लाहकार सदस्य थलबिर सार्की, गाउँ कमिटीका पदाधिकारी गोबरधन बुढा र करण खत्रीसँगै यी वडाका सचिवालय र अन्य सदस्यहरु खटिने सिस्ने गाउँ कमिटी इन्चार्ज रेग्मिले बताउनुभयो ।

अभियानअन्तर्गत पहिलो चरणमा भदौ मसान्तसम्म वडा पाटी कमिटीको बैठक बसिसक्ने, जवस मोर्चाको बैठक, टोल कमीटीको बैठक सेल कमिटी निर्माण र बैठक बस्ने, पार्टी सदस्यता नविकरण गर्ने लगाएतका कार्य गरिने छ । दोस्रो चरणमा राजनितीक ५ दिने पार्टी स्कुलिङ र सानातिना प्रशिक्षणमुलक कार्यक्रम संचालन गरिने इन्चार्ज रेग्मिले बताउनुभयो । तेस्रो चरणमा जनप्रदर्शन, जनसंघर्ष र जनसेवा सम्बन्धि पालिकास्तरीय नमुना कामहरु गर्ने कार्ययोजना केन्द्रले नै तय गरेको छ । यसै अनुसार सबै जिल्ला, पालिका, वडाहरुमा कार्यक्रम संचालन गरिने छ । यो अभियान मंसिर १५ सम्म चल्ने छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सिस्ने गाउँ कमिटिको आज बसेको ८ औ विस्तारित बैठकमा ८ वटै वडा कमिटिले संचालन गरेका गतिविधिको रिपोर्टिङ गरेका थिए । माओवादीबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी जनप्रतिनिधिले पनि आफुहरुले गरेका कामको रिपोर्टिङ बैठकमा गरेका थिए

नेकपा माओवादी केन्द्र सिस्ने गाउँ कमिटिका अध्यक्ष मन्सराम खड्काको अध्यक्षतामा भएको बैठकमा नेकपा माओवादी केन्द्रका स्थाई कमिटी सदस्य कमला रोकाको प्रमुख आतिथ्यता रहेको थियो । बैठकमा केन्द्रिय सदस्य एवं वाइसीएल इन्चार्ज सुबोधराज शेर्पाली, केन्द्रिय सदस्य मेघ बहादुर श्रेष्ठ, लुम्बिनी प्रदेश उपाध्यक्ष वीर बहादुर खत्री, लुम्बिनी प्रदेश सचिवालय सदस्य कृष्ण रेग्मी, जिल्ला संयोजक एवं प्रदेश सचिवालय सदस्य कुमारी बराल, तिर्था पुन, प्रदेश सदस्यहरु धनमान पुन, प्रभात विष्ट, संगम रोकाको आतिथ्यता रहेको थियो ।

बैठकमा जिल्ला समन्वय समितिका सदस्यहरु, गाउँ कमिटिका पदाधिकारीहरु, सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो । बैठकको सहजीकरण गाउँ कमिटिको सचीव करण खत्रीले गर्नुभएको थियो ।