रुकुम पुर्वमा पनि २० औ निजामती सेवा दिवस मनाइएको छ । “व्यवसायिक र सृजनशिल प्रशासनः विकास समृद्धि र सुशासन” भन्ने नाराका साथ विविध कार्यक्रम गरि २० औ निजामती सेवा दिवस २०८० मनाइएको हो । निजामती सेवा दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माको संयोजकत्वमा मुल समारोह समिती गठन गरेर कर्मचारी मिलन केन्द्र रुकुम पुर्वले साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरेको थियो ।

दिवसको अवसरमा उत्कृष्ट कर्मचारी, कार्यालयलाई पुरस्कृत गरिएको छ । कमल दह सरसफाइ गरिएको थियो भने ब्याडमिन्टन, घैटोफोर र तातो आलु प्रतियोगिता संचालन गरिएको कर्मचारी मिलन केन्द्र रुकुम(पूर्व) का अध्यक्ष एवम् एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिनुभयो ।

आज २२ गते जिल्ला प्रशासन कार्यालको प्राङ्गणबाट प्रभातफेरी सुरु गरिएकोमा जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा पुगेर मञ्चको कार्यक्रम गरिएको थियो । औपचारिक कार्यक्रमको क्रममा ब्याडमिन्टन प्रतियोगिता, घैटोफोर र तातो आलु प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको छ । जिल्लामा रहेर उत्कृष्ट कार्यसम्पादन गरेका कर्मचारी र उत्कृष्ट कार्यालय तथा मिलन केन्द्रलाई योगदान गरेका कर्मचारीलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा बोल्दै मिलन केन्द्रका संरक्षक एवम् निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले निजामती कर्मचरीहरु अझ बढी समर्पनका साथ देश र जनातको सेवामा खटिनुपर्ने बताउनुभयो । मुस्कानसहितको सेवा प्रवाह भन्दै गर्दा सेवाग्राहीलाई कत्तिको खुसी बनाउन सक्यौ भनेर त्यसतर्फ पनि ध्यान दिएर सेवा प्रवाह गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । कर्मचारीले कसैको दवाव र प्रभावमा नपरि सेवा प्रवाह गर्नुपर्नेमा कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिनुभएको थियो ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवं एकीकृत कृषि तथा पशुपक्षीं विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा मिलन केन्द्रका संरक्षक एव निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मिलन केन्द्रका संरक्षक एवं जिल्ला प्रहरी प्रमुख डिएसपी अन्जना श्रेष्ठ, सशस्त्र प्रहरिका डिएसपी होमराज न्यौपाने, अनुसन्धान डिएसपी चिरञ्जीवी बुढा, नेपाली सेनाका सह सेनानी धर्मराज भण्डारी लगाएत जिल्ला स्थित कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो । मिलन केन्द्रका कोषाध्यक्ष जयराम खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन मिलन केन्द्रका सचिव नरेन्द्र बुढा र सह सचीव सृष्टि वैदवारले गर्नुभएको थियो ।