रुकुम पुर्वमा पनि २० औ निजामती सेवा दिवसको अवसरमा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ । “व्यवसायिक र सृजनशिल प्रशासनः विकास समृद्धि र सुशासन” भन्ने नाराका साथ आज देशव्यापी रुपमा निजामती सेवा दिवस मनाइरहदा रुकुम(पूर्व) मा रहेर उत्कृष्ट कार्यसम्पादन गरेका कर्मचारी र कार्यालयलाई कर्मचारी मिलन केन्द्रले सम्मान गरेको हो ।

जिल्लामा स्थानीय, प्रदेश र संघ तहका एकएक जना कर्मचारी छनोट गरी सम्मान गरिएको कर्मचारी मिलन केन्द्रका अध्यक्ष पिताम्बर बस्नेतले जानकारी दनुभयो । स्थानीय तह अन्तर्गत पुथा उत्तरगंगा गाउँपालिका ५ स्थित हुकाम स्वास्थ्यचौकीका अहेव प्रेम केसी, प्रदेश अन्तर्गत एकिकृत कृषि तथा पशुपंछि विकास कार्यालयका कृषिका अधिकृतस्तर छैठौ खिम रोकाय र संघ तर्फ शिक्षा विकास तथा समन्वय इकाई रुकुम(पूर्व) का कार्यालयका प्रमुख तिलक गौतमलाई उत्कृष्ट कर्मचारीको रुपमा छनाृट गरेर सम्मानपत्रद्धारा सम्मान गरिएको छ ।

यस्तै उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै कोष तथा लृखा नियन्त्रक कार्यालयलाई पनि सम्मान पत्रद्धारा सम्मानित गरिएको छ । यस्तै मिलन केन्द्रलाई योगदान गरबापत जलस्रोत तथा सिचाइ विकास सव डिभिजन कार्यालयका प्रमुख योगेन्द्र महत्तोलाई पनि मिलन केन्द्रले सम्मान गरेको छ ।

उत्कृष्ट कर्मचारी र कार्यालय छनोट गर्दा विभिन्न मापदण्ड भित्र रहेर छनोट गरेको मिलन केन्द्रका अध्यक्ष बस्नेतले बताउनुभयो । उहाँकाअनुसार उत्कृष्ट कर्मचारी छनोट गर्दा सरकारी सेवाको स्थाइ पदमा ५ वर्ष भन्दा बढी सेवा गरेको, कार्य सम्पादन मुल्याङ्कनमा पछिल्लो ३ वर्षको प्राप्ताङ्क, व्यवासायिक सिप, क्षमता र दक्षता, स्थायी कार्य सम्पादन प्रतिको समर्पण, नेतृत्व, क्षमता, समन्वय र निष्पक्ष कार्यसम्पादन, सिर्जनशिलता र नयाँ अभ्यासको अग्रसरता, सदाचार नैतिकता, इमानदारिता र आचारसंहिताको पालना लगाएतका मापदण्डहरु राखिएको थियो । यस्तै विभागिय कार्बाहि नपाएको, असाधारण विदा नलिएको, निजको व्यक्तिको नाममा बेरुजु नभएको, नियमित सम्पति विवरण पेश गरेको लगाएतका मापदण्डहरु राखिएको थियो ।

यस्तै उत्कृष्ट कार्यालय छनोटमा बेरुजु, भौतिक तथा बित्तिय प्रगती, कार्यालयबाट आर्थिक अनियमितता भिएनभएको, सेवा प्रवाहको अवस्था, दुर्गममा पुर्याएको सेवा, नेतृत्व, समय, समन्वय, कर्मचारी व्यवस्थापन, कार्यालयको सरसफाई, सिर्जन्शिलता लगाएतका मापदण्डहरु राखिएको मिलन केन्द्रका अध्यक्ष बस्नेतले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरु सम्मेलित छनोट समिति बनाइएको थियो । उक्त समितिले उत्कृष्ट कर्मचारी र कार्यालयको छनोट गरेको थियो ।