
रुकुमकोट: प्रेस चौतारी नेपाल रूकुम पूर्वको अध्यक्षमा माधव केसी निर्वाचित हुनुभएको छ । शनिबार सदरमुकाम रुकुमकोटमा सम्पन्न भएको पहिलो जिल्ला अधिवेशनबाट केसी सर्वसहमत अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
अधिवेशनले केसीको अध्यक्षतामा सबै कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा सौगात गौतम, सचिवमा सुबिना गौतम, सहसचिवमा सोनिलिजा गौतम र कोषाध्यक्षमा शेरबहादुर केसी निर्वाचित हुनुभएको छ ।
यसैगरी सदस्यमा नविना केसी, सविना केसी, सपना राम्जाली, माया रिजाल र अविनेस गौतम निर्वाचित हुनुभएको प्रेस चौतारी रुकुम पुर्वले जनाएको छ । महिला उपाध्यक्ष, समावेशी सहसचिव र एकजना सदस्य पछि थपिने छ ।