रुकुमकोटः सिस्ने गाउँपालिका रुकुम पूर्वमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाहको बिदाइ गरिएको छ । राष्ट्रिय योजना आयोगमा शाहको सरुवा भएको छ । शाहको सरुवा भएपछि मंगलबार गाउँपालिकामा बिदाई तथा फेरी भेटौला कार्यक्रमको आयोजना गरि बिदाइ गरिएको हो ।

२०७९ श्रावन २४ गते देखि सिस्ने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज सुरु गर्नुभएका शाहले एक वर्ष एक महिना ९ दिनसम्म सिस्ने गाउँपालिकामा रहेर काम गर्नुभयो ।

विदाई कार्यक्रममा बोल्दै पालिका अध्यक्ष कृष्ण रेग्मीले छोटो समयमा पालिकाको विकास र समृद्धिमा अधिकृत शाहले उल्लेखनिय भूमिका निर्वाह गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले शाहले सिस्ने गाउँपालिकामा गरेको सेवा पुर्याएको योगदानको सधै स्मरण गरिरहने समेत बताउनुभयो ।

गाउँपालिका अध्यक्ष रेग्मी र अधिकृत आठौ चिन्तामणि दाहालले फूल, माला, दोसल्ला, अविर र पुष्पगुच्छा सहित मायाको चिनो दिएर शाहको बिदाई गर्नुभयो । गाउँपालिकामा कार्यरत जनप्रतिनिधि, शाखा प्रमुख र अन्य कर्मचारीले अविर र पुष्पगुच्छाले शाहको विदाई गर्दै आगामि कार्यकाल सफलताको कामना गरेका थिए  ।

विदाई कार्यक्रममा अधिकृत शाहले सिस्ने गाउँपालिकाको बसाई राम्रो भएको बताउनुभयो । गाउँपालिकामा रहदासम्म साथ सहयोग दिने सबै जनप्रतिनिधि र कर्मचारीलाई उहाँले आभार सहित धन्यबाद दिनुभएको थियो ।

गाउँपालिका अध्यक्ष रेग्मीको अध्यक्षतामा विदाई कार्यक्रम सम्पन्न भएको हो । कर्मचारी मिलन केन्द्र रुकुम पूर्वले सोमबार नै शाहलाई बिदाइ गरेको थियो ।