एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम(पूर्व) र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई रुकुम पूर्व रोल्पा कार्यालयले आर्थिक वर्ष २०८०÷८१ मा संचालन हुने वार्षिक कार्यक्रमहरुको सर्वजनिकिकरण गरेका छन् । साथै जिल्लाका तीन वटै गाउँपालिकाका कृषि र पशु शाखाले पनि कार्यक्रमको सार्वजनिकिकरण गरेका हुन् । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई रुकुम पुर्व रोल्पा कार्यालयको आयोजनामा वार्षिक कार्यक्रमको सार्वजनिकिकरण गरिएको हो ।

कार्यक्रममा चालू आर्थिक वर्षमा कार्यालयबाट जिल्लामा संचालन हुने विभिन्न योजना, बजेट र क्षेत्रको बारेमा कार्यालयका प्रमुख तथा गाउँपालिकाका कृषि र पशु शाखाका प्रमुखहरुले जानकारी गराउनुभयको थियो । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयमा चालू आर्थिक वर्षको लागि पाँच करोड ५७ लाख ४ हजार रुपैयाँ बजेट आएको कार्यालयका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिनुभयो । उहाँकाअनुसार गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा कार्यालयको बजेट घटेर आएको छ । गत आर्थिक वर्षमा कार्यालयमा ७ करोड ७ लाख ३८ हजार रुपैयाँ बजेट आएको थियो ।

कार्यालयबाट संचालित ७ ओटा उपआयोजनाहरु छन् । जसअन्तर्गत साधरण तर्फको कार्यक्रममा १ करोड ४४ लाख २० हजार, कृषि तथा पशुपन्छी स्रोत तथा प्रविधि सेवा टेवा विस्तार कार्यक्रमको लागि ६६ लाख ७१ हजार, कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रममा ३ करोड १० लाख ७७ हजार, पशुपन्छी विकास तथा पशु स्वास्थ नियमन कार्यक्रमको लागि १० लाख ९६ हजार बजेट रहेको छ । यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (संघ शसर्त कार्यक्रम) को लागि १९ लाख, कृषि विभाग शसर्त कार्यक्रमको लागि पाँच लाख, पशु सेवा विभाग शसर्त कार्यक्रमको लागि ४० हजार बजेट रहेको छ ।

कार्यालय प्रमुख बस्नेतकाअनुसार कार्यालयमार्फत प्रमुख प्राथमिकताको आधारमा विभिन्न कार्यक्रमहरु बनाएका छन् । बाली वस्तु विशेष सघन व्यवसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम कार्यक्रम(वर्षे आलु, स्याउ र भेडापालन) एक करोड ४१ लाखमा, मुल्य अभिवृद्धिका लागि साना कृषि उद्योग सहयोग कार्यक्रममा २५ लाख, प्रतिफलमा आधारित प्रोत्साहन कार्यक्रम र आवश्यकतामा आधारित कृषि पशुपंछि विकास कार्यक्रम संचालनको लागि ८÷८ लाख बजेट रहेको छ । यस्तै लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रम १५ लाखको, सिंचाइ सहित कृषि विकास कार्यक्रम ३० लाखको, वीज वृद्धि कार्यक्रम १० लाखको, भकारो सुधार तथा कम्पोस्टिङ कार्यक्रममा १६ लाख बजेट रहेको जानकारी गराइएको छ ।

माटो व्यवस्थापन कार्यक्रममा १५ लाख, रैथाने बालीको प्रवद्र्धन तथा बजारिकरणमा २ लाख, पोषण सुधारको लागि ग्रामीण कुखुरा पालन कार्यक्रममा १५ लाख, जैविक विषादी र प्राङ्गारिक मल उत्पादन, उपयोग प्रवद्र्धन र कृत्रिम गर्भाधान कार्यक्रममा पाँच पाँच लाख बजेट बिनियोजन गरिएको छ । नियमन कार्यक्रम र माटो परिक्षण तथा बाली उपचार सेवा कार्यक्रमको लागि चारचार लाख, प्रयोगशाला शेवामा २० लाख, पशुपंक्षि खोप सेवामा ७ लाख, कृषि तथा पशुपंक्षि प्रदर्शनीमा १० लाख, कृषक सम्मानमा १ लाख र ब्लक विकास कार्यक्रमममा १९ लाख गरी जम्मा ३ करोड ६० लाख बजेट बिनियोजन यी प्रमुख कार्यक्रमको लागि बिनियोजन गरिएको एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।

यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई रुकुम पुर्व रोल्पा कार्यालयमा आर्थिक वर्ष २०८०÷८१ को लागि ४ करोड ७ लाख ३५ हजार बजेट आएको कार्यालय प्रमुख मित्रलाल पौडेलले जानकारी गराउनुभयो । जसमा चालुतर्फ ३ करोड ८८ लाख ३५ हजार र पुजिँगततर्फ १ करोड ९ लाख बजेट रहेको छ ।

कृषित र्फ सिस्ने गाउँपालिकाको कृषि शाखामा १ करोड ७ लाख ७४ हजार, भूमेमा ३ करोड ५९ लाख ८५ हजार ५ सय र पुथा उत्तरगंगा गाउँपालिकामा १ करोड ४७ लाख ५५ हजार बजेटमा विभिन्न कार्यक्रमहरु रहेका छन् । पशुतर्फ सिस्ने गाउँपालिकामा ४९ लाख ८८ हजार, भूमे गाउँपालिकामा ३२ लाख ९० हजार र पुथा उत्तरगंगा गाउँपालिकामा १ करोड २४ लाख ८९ हजार बजेट रहेको छ । यसरी जिल्लास्थित एकिकृत कृषि तथा पशुपंछि विकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई रुकुम(पूर्व) रोल्पा कार्यालय र तीन वटै गाउँपालिकाको गरी कृषि र पशुपंछि तर्फ जिल्लामा कुल १७ करोड ८७ लाख २० हजार पाँच सय रुपैयाँ बजेट रहेको छ ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मोहन बहादुर केसिको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद घिमिरे, भुमे गाउँपालिका उपाध्यक्ष सविना बुढा, पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा, सशस्त्र प्रहरी नायव उपरीक्षक होमराज न्यौपाने, अनुसन्धान डिएसपि चिरञ्जीवी बुढा, सिस्ने गाउँपालिका ६ नम्बर वडाध्यक्ष पुर्ण बहादुर मल्ल लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयको प्रमुख एवं प्रतिनिधि, तीन वटै गाउँपालिकाका प्रमुख एवं प्रतिनिधि, उद्योग बाणिज्य संघ, समुह, सहकारिका प्रमुख एवं प्रतिनिधिहरु, पत्रकारको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई रुकुम पुर्व रोल्पा कार्यालयका बल बहादुर केसीले गर्नुभएको थियो ।