नेकपा माओवादी केन्द्रले भदौ १६ गतेदेखि सञ्चालन गरेको जनतासंग माओवादी विशेष रुपान्तरण ३ महिने अभियान अन्र्तगत आज रुकुमपूर्व जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका १ मैकोटमा भेला प्रशिक्षण सम्पन्न भएको छ । माओवादी केन्द्र स्थायी कमिटि सदस्य तथा अभियान इन्चार्ज पूर्वमन्त्रि कमला रोका क्रान्ति लगाएतका नेता कार्यकर्ताको उपस्थितीमा पुथा उत्तरगंगाको उपल्लो क्षेत्रमा अभियान चलिरहेको क्रममा आज थप नेताहरुको सहभागितामा मैकोटमा अभियान सम्पन्न गरिएको मैकोटको पार्टी वडा कमिटि सचिव बिक्रम पुनले जानकारी दिनुभएको छ ।
मैकोटमा पार्टी कार्यकर्ता र समर्थकहरुले रिर्पोटिङ राख्ने क्रममा सबैले बिकासको मेरुदण्डको रुपमा रहेको सडक बाटोलाई मुख्य प्रथामितामा राख्दै मैकोटसम्म छिट्टै सडक बाटो पु¥याउनुपर्नेमा जोड दिएका थिए । साथै कार्यकर्ताहरुले स्थानिय सरकारभित्र देखिएका अन्तरकलहले गर्दा सेवा प्रवाह र बिकास निर्माणमा बाधा पुगेको र पार्टी संचालनमा त्रुटि देखिने कुरामा आसंका गर्दै सचेत रहन पालिका अध्यक्ष पुनिराज घर्ती रामेसलाई ध्यानाकर्षण गराएका थिए । पालैपालो रिर्पोटिङ राख्ने क्रममा राजनितिक संगठनमा देखिएका हिजोका २ लाइन संघर्ष भन्ने अवसेष सुनिन्छ यसलाई नामेट पार्दै एक लाइन पार्टी चलाउनमा कडा निगरानिका साथ जानुपर्नेमा जोड दिएका छन ।
यसैगरी रिर्पोटिङकै क्रममा निर्वाचन प्रणाली खर्चिलो हुने र पछि गएर अपादर्शीता हुँदै बिकास निर्माणमा अवरोध भएको भन्दै जनधरातलमै चुनाव गर्नुपर्नेमा पार्टीले मापदण्ड बनाउनुपर्ने स्थानिय नेता कार्यकर्ताले बताएका छन । मैकोटलाई पूर्ण रुपमा विद्युतको पहँुच बढाउनका लागि गाउँपालिका सरकार समक्ष आग्रह गरिएको छ । अभियानका क्रममा भेला प्रशिक्षण मात्र नभई बस्ति स्तरमा रहेका सहिद परिवार, द्धन्द पिडित घाइते अपांग र वेपत्ताको घरमा पुग्नुपर्ने भन्दै आग्रह गरेका छन । लुम्विनी प्रदेशसभा सदस्य माननीय दिलकुमारी बुढा र माननीय सुरुल पुन (अजयशक्ति) ले पुथाको उपल्लो क्षेत्रमा सडक बाटोलाई नै प्राथामिकता दिएर यसपालीको बजेट बिनियोजन गरेको र बजेटको प्राथामिकताको बरियतामा रुकुमपूर्व जिल्ला चौथो नम्वरमा परेको बताइएको छ ।
आजको कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवंम् अभियान इन्चार्ज पूर्वमन्त्रि कमला रोका क्रान्ति, जिल्ला संयोजक कुमारी बराल, लुम्विनी प्रदेश सदस्य एवम् पुथाउत्तरगंगा गाउँपालिका सत्ता अध्यक्ष पुनिराज घर्ती रामेसले स्थानिय, प्रदेश र संघीय सरकारले गरेका महत्वपूर्ण कामहरुको बारेमा जानकारीसंग बैचारिक प्रशिक्षण दिनुभएको थियो । माओवादी केन्द्रका पुथाउत्तरगंगा गाउँकमिटि अध्यक्ष हर्कवहादुर कामी जुझारुले पालिकाभित्रका सांगठनिक गतिविधि र आगामि अभियानमा गरीने क्रियाकलापहरुको बारेमा फर्मेशन समेत गर्नुभएको थियो । आज मैकोटमा पूर्वमन्त्रि रोकासंगै लुम्विनी प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक कुमारी बराल गौतम, लुम्विनी प्रदेश सदस्य पुनिराज घर्ती रामेस, लुम्विनी प्रदेश सदस्य तथा सभासद माननिय सुरुल पुन(अजयशक्ति), लुम्विनी प्रदेश सल्लाहकार सदस्य जमराज पुन योद्धा, पुथाउत्तरगंगा गाउँपालिका कमिटि अध्यक्ष हर्कवहादुर कामी जुझारु, पालिका कमिटि उपाध्यक्ष तथा लुम्विनी प्रदेश सभा सदस्य माननीय दिलकुमारी बुढा, वडाध्यक्ष बिरमान कामी, वडा इन्चार्ज धनिमान पुन, वाइसिएलका पालिका संयोजक धनिसाइ घर्ती, सहिद परिवारको तर्फबाट नारे बुढामगर सहितका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।