नेकपा माओवादि केन्द्रको जनतासंग माओवादि विशेष रुपान्तरण अभियान अन्तर्गत आज रुकुमपूर्वको उपल्लो क्षेत्र पुथाउत्तरगंगा गाउँपालिका ९ खाराबाङमा बैठक तथा अन्तरक्रिया सम्पन्न भएको छ । नेकपा माओवादि केन्द्र स्थायी कमिटी सदस्य एवम् अभियान इन्चार्ज पूर्वमन्त्री कमला रोका क्रान्तिको नेतृत्वमा पुथाको उपल्लो क्षेत्रमा अभियान टोलि खटिरहेको छ ।

आजको बैठकबाट नेपाली काग्रेँस परित्याग गरि माओवादि केन्द्रमा प्रवेश गरेका छन । नेपाली काग्रेँसका वडा सदस्य झलकमान बिकले नेपाली काग्रेँस परित्याग गरि माओवादि केन्द्रमा प्रवेश गरेको वडा इन्चार्ज दलबहादुर रोकाले जानकारी दिनुभएको छ । आजकै बैठकले ९ नम्बर वडामा वाइसीएल नेपाल वडा कमिटीको तदर्थ समिति गठन गरिएको छ । अनुस शाहीको संयोजकत्वमा १३ सदस्यीय कमिटी गठन गरिएको बताइएको छ ।

बैठकमा स्थानीय नेता कार्यकर्ताहरुले रिपोर्टिङ राख्दै पार्टी र सरकार सञ्चालनमा भए गरेका क्रियाकलापहरुको जानकारी गराएका थिए । रिपोर्टिङ राख्दै परम्परादेखि नेपाली काग्रेँसले शासन गरेको यस क्षेत्रमा कडा संघर्षबाट सत्तामा विजयी प्राप्त गरेको उत्साहजनक स्वर्णिम अवसरलाई दिगो बनाउनका लागि आफुहरु सचेत रहेको जनाएका छन । ९ नम्बर वडाध्यक्ष हर्कप्रसाद रोकाले वडा सरकारबाट भैरहेका बिकास निर्माण र थप गर्नुपर्ने आगामि रणनीतिक योजनाको बारेमा कमिटीमा जानकारी गराउनुभएको छ ।

बैठकलाई सम्वोधन गर्दै स्थायी कमिटी सदस्य पूर्वमन्त्री कमला रोका (क्रान्ति) ले थप पार्टीलाई गतिशील बनाइ रुपान्तरणको केही हिस्सा स्वयंम लिन सकेमा मात्र रुपान्तरण अभयानले पूर्णता पाउने बताउनुभएको छ । पार्टी र सरकारबिच हुने अन्तरविरोधलाई ठोस रुपमा मुर्तिकृत रुप दिनका लागि विशाल माओवादि बिचार स्थापित गर्नुपर्ने र वर्गसंघर्षबाट मोर्चावन्दि गरि वर्ग विरोधिको फलामे किल्ला भत्काएकोमा खारावाङवासिलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

कुनैपनि बस्तुको गतिशीलताले अस्थित्वलाइ बचाइराख्ने उदाहरण दिदै विश्व कम्युनिस्ट क्रान्तिदेखि नेपाली कम्युनिस्ट आन्दोलनबारे बैचारिक प्रशिक्षण दिनुभएको छ । प्रशिक्षण दिदै आजको शान्ति प्रकृयामा आउदा अझै पनि माओवादि लडाइँमै रहेको भन्दै सबैजना सांगठनिक परिचालनबाटै समाजवादको मोर्चामा होमिन कार्यकर्तामाझ अपिल गर्नुभएको जनाइएको छ ।

यस्तै माओवादि केन्द्र जिल्ला संयोजक कुमारि बराल गौतमले पुनरातान्त्रिक उत्पिडनमा पिल्सिएको र वर्गसंघर्षको इतिहास बोकेको खाराबाङमा पराजितको महसुस गरेर पनि एकरुपता भै विजय हासिल गरेकोले पार्टी र सरकारबिचको तालमेल मिलाएर सर्वहारा वर्गको अखडा कायम गर्दै आत्मआलोचना सहित तलदेखि माथिसम्म रुपान्तरण हुनुपर्ने बताउनुभएको छ । संयोजक बरालका अनुसार बर्तमान परिस्थितिमा सिमित श्रोत साधनकाबिच तिव्र आकंक्षा आवस्यकतालाई पुर्ति गर्न नसक्दा जनताहरुमा निरासा आएकोले उत्पादनलाई मुख्य आधार बनाई आत्मनिर्भरको बाटोमा गएर निरासालाई उत्साहलाई बदल्नमा पार्टी सरकार र नागरिकहरु लाग्नुपर्ने बताउनुभएको हो ।

माओवादि केन्द्र पुथाउत्तरगंगा गाउँपालिका कमिटी उपाध्यक्ष तथा लुम्बिनी प्रदेशसभा सदस्य दिलकुमारि बुढाले आफु निर्वाचित भएदेखि लुम्बिनी प्रदेश सरकारबाट सञ्चालित योजना आगामि कार्यनीतिको बारेमा जानकारी गराउनुभएको छ ।

आजको वडा कमिटी बैठक तथा अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादि केन्द्र स्थायी कमिटी सदस्य एवम् अभियान इन्चार्ज पूर्वमन्त्री कमला रोका क्रान्तिको कमान्डमा खटेका अभियान टोलिहरु जिल्ला संयोजक कुमारि बराल (गौतम) बिपना, माओवादि केन्द्र पुथाउत्तरगंगा गाउँपालिका कमिटी उपाध्यक्ष तथा लुम्बिनी प्रदेशसभा सदस्य माननीय दिलकुमारि बुढा सहित जिल्ला सदस्य लिलाराम समाल, वडा सल्लाहकार भिमबहादुर बिक, वाइसीएल नेपालका केन्द्रीय सदस्य टिकासाई घर्ती, पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष धनिसाई घर्ती र सचिव शुकराज बिक सहितका कार्यकर्ताहरुको उपस्थिति रहेको बताइएको छ ।

स्थानीय नेता पार्टी कार्यकर्ताको टोलि अभियानमा खटेको छ । जिल्लाभरिका अधिकांश क्षेत्रमा स्थानीय र जिल्ला स्तरका नेताहरु मसिनो ढंगले अभियानमा खटिरहेका छन ।