काठमाडौ: शुक्रबार राति गएको भूकम्पपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ । भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुन:स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।                                            प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रभावित क्षेत्र जाजरकोट र रुकुम पुगेर फर्किएपछि सोमबार बिहानै मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।
भूकम्पबाट अहिलेसम्म जाजरकोट  र पश्चिम रुकुममा गरी १५७ जनाको मृत्यु भइसकेको छ भने २५३ जना घाइते भएका छन् ।