नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड मंसिर ३ गते रुकुम(पूर्व) आउदै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका १ मैकोटमा आउन लाग्नुभएको शनिवार पत्रकार सम्मेलन गर्दै नेकपा माओवादी केन्द्रले जानकारी गराएको छ ।
प्रधानमन्त्री प्रचण्ड नेकपा माओवादी केन्द्रले संचालन गरेको जनतासंग माओवादी विशेष रुपान्तरण अभियान कार्यक्रम अन्तर्गत सातै प्रदेशमा पुग्ने कार्यक्रम अन्तर्गत रुकुम(पूर्व) मा आउन लाग्नुभएको हो । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मैकोटमा आउदा न्यूनतम ५ हजार जनमास परिचालन गरिने नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुमपूर्वका संयोजक कुमारी बरालले जानकारी दिनुभएको छ ।
नेकपा माओवादी केन्द्र स्थायी कमिटि सदस्य एवम् पूर्वमन्त्रि कमला रोकाले लामो समयसम्मको त्याग तपस्या र बलिदानबाट परिवर्तको बाहकका रुपमा रहेका रुकुमेली जनताहरुको माझमा पार्टी कार्यकर्तालाई प्रशिक्षित गर्ने र आम जनतालाई सम्बोधन गर्ने गरी प्रचण्ड रुकुम(पूर्व) आउन लाग्नुभएको बताउनुभयो । कात्र्तिक १९ गते तकसेरामा बसेको रुकुमपूर्वको माओवादी केन्द्रको बिस्तारित बैठकले प्रम प्रचण्डको कार्यसुचि बनाएको थियो । प्रम प्रचण्डले मंसिर ३ गते बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टी कार्यकर्तालाई सैदान्तीक राजनितिक रुपमा प्रशिक्षण गर्ने, त्यसपछि प्रजिअको नेतृत्वमा पौने घण्टासम्म कार्यालय प्रमुखहरुसंगको बैठक तथा भेटघाट र खानापछि परम्परागत रुपमा रहेको मइँ छिउ सगराँत उत्सव २०८० लाई उद्धाटनसंगै कार्यक्रमलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
मैकोट रुकुमपूर्वको अति दुर्गम क्षेत्रमा पर्छ । भौगोलिक कठिनाइका बावजुत पनी पुथाउत्तरगंगा गाउँपालिकाका जनताहरुलाई अनिवार्य उपस्थितिका लागि आह्वान गरिएको छ । मंसिर २ गते बाहिरका जनतालाइ मयाङ, गर र हुकाममा केन्द्रित गर्नका लागि त्यँहाको स्थानिय सरकारले व्यवस्था गर्नेछ । अन्य व्यवस्थापनका लागि पार्टीले बिभिन्न विभागहरु बनाएको बताइएको छ ।