• रुकुमकोट , रुकुम पुर्व 
  • mulukpati2078@gmail.com
Muluk Pati; Most Popular News Portal in Nepal

ताजा अपडेट

पहिलो त्रैमासिकमा ६.५१ प्रतिशत बजेट खर्च

रुकुम (पूर्व)मा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने

नेपालगन्ज वाकाथनको तयारीलाई तिब्रता दिने

देश र जनताको हितमा निरन्तर अभियान : प्रधानमन्त्री

जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रियस्तरमा पहल गर्छु : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले जिल्लास्तरिय भेला तथा प्रशिक्षणलाई संबोधन गर्दै

छिप्रीदहमा मोटरसाइकल दुर्घटनाः एकको मृत्यु एक घाइते

मंसिर ३ गते प्रधानमन्त्री प्रचण्ड रुकुम पूर्व आउदै

भूकम्प प्रभावितहरुका लागि नेपाल राष्ट्रिय कर्मचारी संगठन रुकुम पूर्वद्वारा सहयोग हस्तान्तरण

धेरै पढिएको

भूमे ३ मा गोर्खा वाल्फेर ट्रष्ट नेपालद्धारा खानेपानी आयोजनाको काम धमाधम

रानीकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

टिप्पर दुर्घटना अपडेटः दुईको मृत्यु, दुईको उपचार हुदैँ

रुकुम(पूर्व) मा टिप्पर पल्टिदा ४ जना घाइते, ३ को अवस्था गम्भिर

रोल्पाको पर्यटन प्रवर्द्धन गर्न लिबाङ–जलजला हेलि टूर

पुथाउत्तरगंगामा अध्यक्ष कप २०७८ उद्धघाटन

कमलको जरा निकाल्न प्रतिबन्ध गर्नुपर्ने माग

पुथाउत्तरगंगा गाउँपालिकामा अध्यक्ष कप २०७८ सम्पन्न

    • गृह पृष्ठ
    • समाचार
    • समाज
    • राजनीति
    • अर्थ
    • खाम बिशेष
    • प्रदेश
      • प्रदेश १
      • मधेस
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपस्चिम
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन शैली
    • अन्तर्वार्ता
    • विचार
    • अन्य
      • साहित्य
        • कला / संस्कृति
      • ब्लग
      • विश्व
      • विज्ञान-प्रविधि
      • खेलकुद
      • फोटो फिचर
      • मल्टिमिडिया
      • कृषि
      • सुशासन
      • पर्यटन
  • Muluk Pati; Most Popular News Portal in Nepal
    • गृह पृष्ठ
    • समाचार
    • समाज
    • राजनीति
    • अर्थ
    • खाम बिशेष
    • प्रदेश
      • प्रदेश १
      • मधेस
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपस्चिम
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन शैली
    • अन्तर्वार्ता
    • विचार
    • अन्य
      • साहित्य
        • कला / संस्कृति
      • ब्लग
      • विश्व
      • विज्ञान-प्रविधि
      • खेलकुद
      • फोटो फिचर
      • मल्टिमिडिया
      • कृषि
      • सुशासन
      • पर्यटन

    जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रियस्तरमा पहल गर्छु : प्रधानमन्त्री

    २०८० मंसिर ३, आईतवार

    रुकुमपूर्व, ३ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रियस्तरण गरिने बताउनुभएको छ । रुकुमपूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य भए पनि ठूलो क्षति व्यहोर्नु परेको अवस्थालाई ध्यानमा राखेर क्षतिपूर्तिका लागि स्पष्टरुपमा आफ्ना कुरा राखिने बताउनुभयो ।
    जलवायु परिवर्तनको पीडा कम गर्न अन्तर्राष्ट्रिय कोषबाट सहयोग उपलब्ध गराइँदै आएको भए पनि नेपालले हालसम्म कममात्रै रकम पाएकाले त्यसमा उल्लेख्यरुपमा वृद्धि गर्न अन्तर्राष्ट्रिय समुदायलाई आफूले पटकपटक अनुरोध गरेको स्पष्ट पार्नुभयो । आफ्नो आग्रहमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टियो गुटरेसले नेपाल भ्रमण गरेर जलवायु परिवर्तनबाट परेको प्रभावलाई नजिकैबाट हेरेर जानुभएको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो । जलवायु परिवर्तनबाट परेको प्रभावबाट दुःख पाएको नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने राहत अधिकारको विषय भएको प्रधानमन्त्रीको भनाइ छ । नेपालीले गर्दै नगरेको कमजोरीको सजाय पाइराखेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ‘क्लाइमेट फन्ड’बाट ठूलो राहतका लागि सरकारका तर्फबाट दस्तावेज तयार पार्न उच्च अधिकारीलाई निर्देशन दिइएको बताउनुभयो ।
    उहाँले मैकोटलाई खुला सङ्ग्रहालय घोषणा गरी आवश्यक प्रक्रिया अगाडि बढाउन सरकारकोतर्फबाट साथ तथा सहयोग रहने स्पष्ट पार्नुभयो । यस्तै प्रधानमन्त्री दाहालले जडीबुटी तथा कृषि क्षेत्रको विकासका लागि एउटा विशेष परियोजना अगाडि बढाउन पहल गर्ने विश्वास दिलाउनुभयो । आफ्नो चीन भ्रमणका क्रममा हिमाली क्षेत्रका केही जिल्लामा विशेष परियोजना सञ्चालन गर्ने सहमति भएको जानकारी दिँदै प्रधानमन्त्रीले रुकुमपूर्वको पुथा उत्तरगङ्गा पनि हिमाली पालिका भएकाले एउटा परियोजना अगाडि बढाइने बताउनुभयो ।
    उहाँले मैकोटलाई जीवित सङ्ग्रहालय बनाउनका लागि केन्द्र सरकारकोतर्फबाट बजेटको प्रबन्ध गरिने विश्वास दिलाउनुभयो । क्रान्तिको समयमा ठूलो त्याग, तपस्या र बलिदान गरेको यस क्षेत्रलाई सरकारले विशेष प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाइ छ । शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रको विकासका लागि पनि उत्तिकै महत्त्व दिइएको उहाँको कथन छ । नेपालको संविधानमा नै समाजवादउन्मुख विषयलाई उल्लेख गरिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सरकारले पहलकदमी लिएको र सोही सङ्कल्पका आधारमा काम सुरु भएको बताउनुभयो ।
    तराई–मधेसमा रहेका लाखौँ किसानलाई मिटरब्याजीबाट पीडा र अत्याचारबाट मुक्त गरिएको जानकारी दिनुभयो । यस्तै, नागरिकताविहीन नेपाली नागरिकलाई पनि वर्तमान सरकारले प्राथमिकता राखेर नागरिकता प्रदान गरिएको तथ्य पेस गर्नुभयो । विदेशमा गएका लाखौँ नेपाली युवाको हकअधिकार सुनिश्चित गर्न सामाजिक सुरक्षाको दायरामा ल्याइएको, अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका श्रमिकलाई पनि त्यसको दायरामा ल्याइएको प्रधानमन्त्रीको भनाइ छ । सामाजवादको आधार तयार पार्ने काममा सरकार लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले केही तथ्यसमेत पेस गर्नुभयो । भ्रष्टाचार नियन्त्रणमा पनि सरकार उत्तिकै क्रियाशीलताका साथ लागिपरेको स्पष्ट पार्दै ठूलाठूला मन्त्री र नेतासमेत जेल जाने अवस्थाको सिर्जना भएको बताउनुभयो ।
    सुन तस्करी नियन्त्रणमा पनि सरकार उत्तिकै क्रियाशीलताका साथ लागिपरेको स्पष्ट पार्दै प्रधानमन्त्रीले सुशासन कायम गर्न निरन्तर लागिपर्ने बाँकी नराखिने बताउनुभयो । फरक एक प्रसङ्गमा प्रधानमन्त्री दाहालले वर्तमान गठनबन्धन पूरै पाँच वर्ष टिक्ने र देश तथा जनताका पक्षमा काम गरेरै देखाउने विश्वास व्यक्त गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित खवर

    पहिलो त्रैमासिकमा ६.५१ प्रतिशत बजेट खर्च

    रुकुम (पूर्व)मा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने

    नेपालगन्ज वाकाथनको तयारीलाई तिब्रता दिने

    देश र जनताको हितमा निरन्तर अभियान : प्रधानमन्त्री

    प्रधानमन्त्री दाहालले जिल्लास्तरिय भेला तथा प्रशिक्षणलाई संबोधन गर्दै

    छिप्रीदहमा मोटरसाइकल दुर्घटनाः एकको मृत्यु एक घाइते

    ताजा समाचार

    • पहिलो त्रैमासिकमा ६.५१ प्रतिशत बजेट खर्च

    • रुकुम (पूर्व)मा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने

    • नेपालगन्ज वाकाथनको तयारीलाई तिब्रता दिने

    • देश र जनताको हितमा निरन्तर अभियान : प्रधानमन्त्री

    • जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रियस्तरमा पहल गर्छु : प्रधानमन्त्री

    • प्रधानमन्त्री दाहालले जिल्लास्तरिय भेला तथा प्रशिक्षणलाई संबोधन गर्दै

    ट्रेंडिंग

    • भूमे ३ मा गोर्खा वाल्फेर ट्रष्ट नेपालद्धारा खानेपानी आयोजनाको काम धमाधम

    • रानीकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    • टिप्पर दुर्घटना अपडेटः दुईको मृत्यु, दुईको उपचार हुदैँ

    • रुकुम(पूर्व) मा टिप्पर पल्टिदा ४ जना घाइते, ३ को अवस्था गम्भिर

    • रोल्पाको पर्यटन प्रवर्द्धन गर्न लिबाङ–जलजला हेलि टूर

    प्रकाशक

    रुक्मिणी मिडिया ग्रुप
    रुकुमकोट , रुकुम पुर्व

    फोन / इमेल

    +९७७-९८६ ८२८६८२८
    mulukpati2078@gmail.com

     

    Quick Link

    • राजनीति
    • साहित्य
    • पर्यटन

    जोडीनुहोस

    • फेसबुक
    • युटूब
    • ट्विटहरु

    Copyright © 2023, All Rights Reserved | Developed By Webbank Nepal Pvt.Ltd