• रुकुमकोट , रुकुम पुर्व 
  • mulukpati2078@gmail.com
Muluk Pati; Most Popular News Portal in Nepal

ताजा अपडेट

FACTS: बालेनको दाबीमा प्रचण्डको योगदान

रोल्पा दुर्घटनामा ज्यान गुमाउनेहरुप्रती प्रचण्डद्वारा श्रद्धाञ्जली व्यक्त

शोक प्रस्ताव पारित गर्दै नेकपा जिल्ला समिती रुकुम पुर्वको बैठक सकियो

रोल्पा दुर्घटना: शव संकलनमा कठिनाई

शोकमा रुकुम पूर्व: दुर्घटनामा २० जनाको निधन

रोल्पाको जलजला जाँदै गरेको जिप दुर्घटनामा १७ जनाको मृत्यु

जनताको सेवक भएर काम गर्न कर्मचारीलाई प्रचण्डको निर्देशन

प्रचण्डको उपस्थितिमा नेकपा जिल्ला समिती रुकुम पुर्वको बैठक सुरु

प्रचण्ड रुकुम पूर्वमा : जिल्ला कार्यालयको बैठक सुरु, वैशाख १९ मा थबाङको ‘प्रगतिशील सङ्गीत उत्सव’ उद्घाटन गर्ने

धेरै पढिएको

सन्देश सहितको “ढोरपाटन बुकी पदयात्रा”

मध्यपहाडी लोकमार्गमा मोटरसाइकल ठोक्किदा एक जना घाइते, अवस्था गम्भिर

घाइते हेमराजको हेलिकप्टर मार्फत उद्धार

जिल्ला हुलाक कार्यालयमा मनपरी, परीक्षा नबनाएरै कर्मचारी काममा

रानीकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

भूमे ३ मा गोर्खा वाल्फेर ट्रष्ट नेपालद्धारा खानेपानी आयोजनाको काम धमाधम

सिस्ने गाउँपालिकाले ल्यायो झण्डै ६० करोड बजेट

मैत्रीपूर्ण भलिबल प्रतियोगितामा महिलातर्फ पुथा उत्तरगंगा गाउँपालिका विजयी

    • गृह पृष्ठ
    • समाचार
    • समाज
    • राजनीति
    • अर्थ
    • खाम बिशेष
    • प्रदेश
      • प्रदेश १
      • मधेस
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपस्चिम
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन शैली
    • अन्तर्वार्ता
    • विचार
    • अन्य
      • साहित्य
        • कला / संस्कृति
      • ब्लग
      • विश्व
      • विज्ञान-प्रविधि
      • खेलकुद
      • फोटो फिचर
      • मल्टिमिडिया
      • कृषि
      • सुशासन
      • पर्यटन
  • Muluk Pati; Most Popular News Portal in Nepal
    • गृह पृष्ठ
    • समाचार
    • समाज
    • राजनीति
    • अर्थ
    • खाम बिशेष
    • प्रदेश
      • प्रदेश १
      • मधेस
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपस्चिम
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन शैली
    • अन्तर्वार्ता
    • विचार
    • अन्य
      • साहित्य
        • कला / संस्कृति
      • ब्लग
      • विश्व
      • विज्ञान-प्रविधि
      • खेलकुद
      • फोटो फिचर
      • मल्टिमिडिया
      • कृषि
      • सुशासन
      • पर्यटन

    जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रियस्तरमा पहल गर्छु : प्रधानमन्त्री

    २०८० मंसिर ३, आईतवार

    रुकुमपूर्व, ३ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रियस्तरण गरिने बताउनुभएको छ । रुकुमपूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य भए पनि ठूलो क्षति व्यहोर्नु परेको अवस्थालाई ध्यानमा राखेर क्षतिपूर्तिका लागि स्पष्टरुपमा आफ्ना कुरा राखिने बताउनुभयो ।
    जलवायु परिवर्तनको पीडा कम गर्न अन्तर्राष्ट्रिय कोषबाट सहयोग उपलब्ध गराइँदै आएको भए पनि नेपालले हालसम्म कममात्रै रकम पाएकाले त्यसमा उल्लेख्यरुपमा वृद्धि गर्न अन्तर्राष्ट्रिय समुदायलाई आफूले पटकपटक अनुरोध गरेको स्पष्ट पार्नुभयो । आफ्नो आग्रहमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टियो गुटरेसले नेपाल भ्रमण गरेर जलवायु परिवर्तनबाट परेको प्रभावलाई नजिकैबाट हेरेर जानुभएको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो । जलवायु परिवर्तनबाट परेको प्रभावबाट दुःख पाएको नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने राहत अधिकारको विषय भएको प्रधानमन्त्रीको भनाइ छ । नेपालीले गर्दै नगरेको कमजोरीको सजाय पाइराखेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ‘क्लाइमेट फन्ड’बाट ठूलो राहतका लागि सरकारका तर्फबाट दस्तावेज तयार पार्न उच्च अधिकारीलाई निर्देशन दिइएको बताउनुभयो ।
    उहाँले मैकोटलाई खुला सङ्ग्रहालय घोषणा गरी आवश्यक प्रक्रिया अगाडि बढाउन सरकारकोतर्फबाट साथ तथा सहयोग रहने स्पष्ट पार्नुभयो । यस्तै प्रधानमन्त्री दाहालले जडीबुटी तथा कृषि क्षेत्रको विकासका लागि एउटा विशेष परियोजना अगाडि बढाउन पहल गर्ने विश्वास दिलाउनुभयो । आफ्नो चीन भ्रमणका क्रममा हिमाली क्षेत्रका केही जिल्लामा विशेष परियोजना सञ्चालन गर्ने सहमति भएको जानकारी दिँदै प्रधानमन्त्रीले रुकुमपूर्वको पुथा उत्तरगङ्गा पनि हिमाली पालिका भएकाले एउटा परियोजना अगाडि बढाइने बताउनुभयो ।
    उहाँले मैकोटलाई जीवित सङ्ग्रहालय बनाउनका लागि केन्द्र सरकारकोतर्फबाट बजेटको प्रबन्ध गरिने विश्वास दिलाउनुभयो । क्रान्तिको समयमा ठूलो त्याग, तपस्या र बलिदान गरेको यस क्षेत्रलाई सरकारले विशेष प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाइ छ । शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रको विकासका लागि पनि उत्तिकै महत्त्व दिइएको उहाँको कथन छ । नेपालको संविधानमा नै समाजवादउन्मुख विषयलाई उल्लेख गरिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सरकारले पहलकदमी लिएको र सोही सङ्कल्पका आधारमा काम सुरु भएको बताउनुभयो ।
    तराई–मधेसमा रहेका लाखौँ किसानलाई मिटरब्याजीबाट पीडा र अत्याचारबाट मुक्त गरिएको जानकारी दिनुभयो । यस्तै, नागरिकताविहीन नेपाली नागरिकलाई पनि वर्तमान सरकारले प्राथमिकता राखेर नागरिकता प्रदान गरिएको तथ्य पेस गर्नुभयो । विदेशमा गएका लाखौँ नेपाली युवाको हकअधिकार सुनिश्चित गर्न सामाजिक सुरक्षाको दायरामा ल्याइएको, अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका श्रमिकलाई पनि त्यसको दायरामा ल्याइएको प्रधानमन्त्रीको भनाइ छ । सामाजवादको आधार तयार पार्ने काममा सरकार लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले केही तथ्यसमेत पेस गर्नुभयो । भ्रष्टाचार नियन्त्रणमा पनि सरकार उत्तिकै क्रियाशीलताका साथ लागिपरेको स्पष्ट पार्दै ठूलाठूला मन्त्री र नेतासमेत जेल जाने अवस्थाको सिर्जना भएको बताउनुभयो ।
    सुन तस्करी नियन्त्रणमा पनि सरकार उत्तिकै क्रियाशीलताका साथ लागिपरेको स्पष्ट पार्दै प्रधानमन्त्रीले सुशासन कायम गर्न निरन्तर लागिपर्ने बाँकी नराखिने बताउनुभयो । फरक एक प्रसङ्गमा प्रधानमन्त्री दाहालले वर्तमान गठनबन्धन पूरै पाँच वर्ष टिक्ने र देश तथा जनताका पक्षमा काम गरेरै देखाउने विश्वास व्यक्त गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित खवर

    FACTS: बालेनको दाबीमा प्रचण्डको योगदान

    रोल्पा दुर्घटनामा ज्यान गुमाउनेहरुप्रती प्रचण्डद्वारा श्रद्धाञ्जली व्यक्त

    शोक प्रस्ताव पारित गर्दै नेकपा जिल्ला समिती रुकुम पुर्वको बैठक सकियो

    रोल्पा दुर्घटना: शव संकलनमा कठिनाई

    शोकमा रुकुम पूर्व: दुर्घटनामा २० जनाको निधन

    रोल्पाको जलजला जाँदै गरेको जिप दुर्घटनामा १७ जनाको मृत्यु

    ताजा समाचार

    • FACTS: बालेनको दाबीमा प्रचण्डको योगदान

    • रोल्पा दुर्घटनामा ज्यान गुमाउनेहरुप्रती प्रचण्डद्वारा श्रद्धाञ्जली व्यक्त

    • शोक प्रस्ताव पारित गर्दै नेकपा जिल्ला समिती रुकुम पुर्वको बैठक सकियो

    • रोल्पा दुर्घटना: शव संकलनमा कठिनाई

    • शोकमा रुकुम पूर्व: दुर्घटनामा २० जनाको निधन

    • रोल्पाको जलजला जाँदै गरेको जिप दुर्घटनामा १७ जनाको मृत्यु

    ट्रेंडिंग

    • सन्देश सहितको “ढोरपाटन बुकी पदयात्रा”

    • मध्यपहाडी लोकमार्गमा मोटरसाइकल ठोक्किदा एक जना घाइते, अवस्था गम्भिर

    • घाइते हेमराजको हेलिकप्टर मार्फत उद्धार

    • जिल्ला हुलाक कार्यालयमा मनपरी, परीक्षा नबनाएरै कर्मचारी काममा

    • रानीकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    प्रकाशक

    रुक्मिणी मिडिया ग्रुप
    रुकुमकोट , रुकुम पुर्व

    फोन / इमेल

    +९७७-९८६ ८२८६८२८
    mulukpati2078@gmail.com

     

    Quick Link

    • राजनीति
    • साहित्य
    • पर्यटन

    जोडीनुहोस

    • फेसबुक
    • युटूब
    • ट्विटहरु

    Copyright © 2026, All Rights Reserved | Developed By Webbank Nepal Pvt.Ltd