• रुकुमकोट , रुकुम पुर्व 
  • mulukpati2078@gmail.com
Muluk Pati; Most Popular News Portal in Nepal

ताजा अपडेट

FACTS: बालेनको दाबीमा प्रचण्डको योगदान

रोल्पा दुर्घटनामा ज्यान गुमाउनेहरुप्रती प्रचण्डद्वारा श्रद्धाञ्जली व्यक्त

शोक प्रस्ताव पारित गर्दै नेकपा जिल्ला समिती रुकुम पुर्वको बैठक सकियो

रोल्पा दुर्घटना: शव संकलनमा कठिनाई

शोकमा रुकुम पूर्व: दुर्घटनामा २० जनाको निधन

रोल्पाको जलजला जाँदै गरेको जिप दुर्घटनामा १७ जनाको मृत्यु

जनताको सेवक भएर काम गर्न कर्मचारीलाई प्रचण्डको निर्देशन

प्रचण्डको उपस्थितिमा नेकपा जिल्ला समिती रुकुम पुर्वको बैठक सुरु

प्रचण्ड रुकुम पूर्वमा : जिल्ला कार्यालयको बैठक सुरु, वैशाख १९ मा थबाङको ‘प्रगतिशील सङ्गीत उत्सव’ उद्घाटन गर्ने

धेरै पढिएको

सन्देश सहितको “ढोरपाटन बुकी पदयात्रा”

मध्यपहाडी लोकमार्गमा मोटरसाइकल ठोक्किदा एक जना घाइते, अवस्था गम्भिर

घाइते हेमराजको हेलिकप्टर मार्फत उद्धार

जिल्ला हुलाक कार्यालयमा मनपरी, परीक्षा नबनाएरै कर्मचारी काममा

रानीकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

भूमे ३ मा गोर्खा वाल्फेर ट्रष्ट नेपालद्धारा खानेपानी आयोजनाको काम धमाधम

सिस्ने गाउँपालिकाले ल्यायो झण्डै ६० करोड बजेट

मैत्रीपूर्ण भलिबल प्रतियोगितामा महिलातर्फ पुथा उत्तरगंगा गाउँपालिका विजयी

    • गृह पृष्ठ
    • समाचार
    • समाज
    • राजनीति
    • अर्थ
    • खाम बिशेष
    • प्रदेश
      • प्रदेश १
      • मधेस
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपस्चिम
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन शैली
    • अन्तर्वार्ता
    • विचार
    • अन्य
      • साहित्य
        • कला / संस्कृति
      • ब्लग
      • विश्व
      • विज्ञान-प्रविधि
      • खेलकुद
      • फोटो फिचर
      • मल्टिमिडिया
      • कृषि
      • सुशासन
      • पर्यटन
  • Muluk Pati; Most Popular News Portal in Nepal
    • गृह पृष्ठ
    • समाचार
    • समाज
    • राजनीति
    • अर्थ
    • खाम बिशेष
    • प्रदेश
      • प्रदेश १
      • मधेस
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपस्चिम
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन शैली
    • अन्तर्वार्ता
    • विचार
    • अन्य
      • साहित्य
        • कला / संस्कृति
      • ब्लग
      • विश्व
      • विज्ञान-प्रविधि
      • खेलकुद
      • फोटो फिचर
      • मल्टिमिडिया
      • कृषि
      • सुशासन
      • पर्यटन

    देश र जनताको हितमा निरन्तर अभियान : प्रधानमन्त्री

    २०८० मंसिर ३, आईतवार

    रुकुम पूर्व, ३ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितमा निरन्तर अभियान सुरु गरिएको बताउनुभएको छ । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ विशेष रुपान्तरण अभियानअन्तर्गत रुकुम पूर्वको पुथा उत्तरगङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भ्रस्टाचारको अन्त्यका लागि सरकारले सार्थक र योजनाबद्ध अभियान चलाएको बताउनुभयो ।
    प्रधानमन्त्रीले भूमाफियाकोविरुद्ध अभियान सुरु गरेर हजारौँ जनतालाई राहत प्रदान गरिएको उल्लेख गर्दै त्यसका लागि आम जनताको सार्थक सहयोग जरुरी रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले नियमित रुपमा भइरहेको सुन तस्करी नियन्त्रणका लागि सरकारले अभियान चलाएको र सो मुद्दा हाल अदालतमा विचाराधीन रहेको उल्लेख पार्नुभयो । भ्रष्टाचार र तस्करी नियन्त्रणजस्ता देश विरोधी गतिविधिलाई माओवादी नेतृत्वको सरकारले मात्र नियन्त्रण गर्न सक्छ भन्ने तथ्य स्थापित भएकोसमेत प्रधानमन्त्रीको भनाइ छ ।
    तराई–मधेसमा लामो समयसम्म सामन्तवादको अवशेषका रुपमा रहेको मिटरब्याजी विरुद्धमा कानुन बनाएर कारबाही गरी पीडित नागरिकलाई न्याय दिलाएकोसमेत उहाँले उल्लेख गर्नुभयो । वर्तमान सरकारले विकास निर्माणको कामलाई पनि सार्थक रुपमा अगाडि बढाएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले लामो समयदेखि चर्चामा सीमित भएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कामसमेत अगाडि बढेको बताउनुभयो । नेपाल र भारतबीचमा रहेको सीमा समस्या समाधान गर्न भारतका प्रधानमन्त्रीसँग कुराकानी भएको समेत प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो ।
    विद्युत् व्यापारमा नयाँ पहल भएको तथा नेपाल र चीनबीच विभिन्न नाका खोल्ने सहमति भएको उहाँको भनाइ छ । चीनले हिमाली नाकासँगसम्बन्धी रहेर थुप्रै परियोजना सञ्चालनका लागि सहमति भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले सोही परियोजना अन्तर्गतको एउटा आयोजना रुकुम पूर्वमा पनि ल्याइने स्पष्ट पार्नुभयो । सो परियोजनाले यस जिल्लाका नागरिकको जीवनस्तरमा सुधार आउने उहाँको भनाइ छ । पटकपटक पार्टी विभाजन हुँदा कार्यकर्ता र सहिद तथा घाइते परिवारमा निराश छाएको तथ्य पेस गर्दै नेकपा(माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका उहाँले माओवादी फुटेपछि जनयुद्धमार्फत प्राप्त भएको उपलब्धि हराउँदो रहेछ भन्ने परेकले एकताको विकल्प नभएको बताउनुभयो ।
    विगतको जस्तो विभाजित भएर नभइ एकताका साथ अगाडि बढ्ने विषयमा छलफल भएको अध्यक्ष दाहालले जानकारी दिनुभयो । नेकपा महासचिव नेत्रविक्रम चन्दसँग आज बिहान मात्रै छलफल भएको जानकारी दिनुहुँदै उहाँले डा बाबुराम भट्ट्राईसँग पनि निरन्तर संवाद भइरहेको उल्लेख गर्नुभयो । माओवादीकै पहलमा सुरु भएको सहिदमार्ग निर्माणका लागि आफूले थप पहल गर्ने प्रधानमन्त्रीको भनाइ छ । यस जिल्लामा रहेको प्राकृतिक स्रोतको अधिकतम उपयोग गरेर समृद्ध बनाउनका लागि आफ्नो ध्यान गएको उहाँले उल्लेख गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित खवर

    FACTS: बालेनको दाबीमा प्रचण्डको योगदान

    रोल्पा दुर्घटनामा ज्यान गुमाउनेहरुप्रती प्रचण्डद्वारा श्रद्धाञ्जली व्यक्त

    शोक प्रस्ताव पारित गर्दै नेकपा जिल्ला समिती रुकुम पुर्वको बैठक सकियो

    रोल्पा दुर्घटना: शव संकलनमा कठिनाई

    शोकमा रुकुम पूर्व: दुर्घटनामा २० जनाको निधन

    रोल्पाको जलजला जाँदै गरेको जिप दुर्घटनामा १७ जनाको मृत्यु

    ताजा समाचार

    • FACTS: बालेनको दाबीमा प्रचण्डको योगदान

    • रोल्पा दुर्घटनामा ज्यान गुमाउनेहरुप्रती प्रचण्डद्वारा श्रद्धाञ्जली व्यक्त

    • शोक प्रस्ताव पारित गर्दै नेकपा जिल्ला समिती रुकुम पुर्वको बैठक सकियो

    • रोल्पा दुर्घटना: शव संकलनमा कठिनाई

    • शोकमा रुकुम पूर्व: दुर्घटनामा २० जनाको निधन

    • रोल्पाको जलजला जाँदै गरेको जिप दुर्घटनामा १७ जनाको मृत्यु

    ट्रेंडिंग

    • सन्देश सहितको “ढोरपाटन बुकी पदयात्रा”

    • मध्यपहाडी लोकमार्गमा मोटरसाइकल ठोक्किदा एक जना घाइते, अवस्था गम्भिर

    • घाइते हेमराजको हेलिकप्टर मार्फत उद्धार

    • जिल्ला हुलाक कार्यालयमा मनपरी, परीक्षा नबनाएरै कर्मचारी काममा

    • रानीकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    प्रकाशक

    रुक्मिणी मिडिया ग्रुप
    रुकुमकोट , रुकुम पुर्व

    फोन / इमेल

    +९७७-९८६ ८२८६८२८
    mulukpati2078@gmail.com

     

    Quick Link

    • राजनीति
    • साहित्य
    • पर्यटन

    जोडीनुहोस

    • फेसबुक
    • युटूब
    • ट्विटहरु

    Copyright © 2026, All Rights Reserved | Developed By Webbank Nepal Pvt.Ltd