लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी (डिबि) सम्मानित हुनुभएको छ । रुकुम पूर्व प्रदेश सभा क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएका सांसद केसी बुटवलमा जारी नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनबाट सम्मानित हुनुभएको हो ।

पार्टी सङ्गठन सुदृढीकरणमा महत्पूर्ण भूमिका खेलको भन्दै नेपाली काँग्रेसले उहाँलाई सम्मान गरेको हो । काँग्रेसले विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी सम्मान गर्ने क्रममा सांसद केसीलाई सम्मान गरेकाे सांसद केसीका स्वकिय सचिव लाेकेन्द्र खनालले जानकारी दिनुभयाे । लुम्बिनी प्रदेशमा काँग्रेसका प्रत्यक्ष तर्फका १७ र समानुपातिक तर्फका १० गरी २७ जना सांसद रहेका छन् ।

गत वर्ष भएको निर्वाचनमा २३ वर्षपछि रुकुम पूर्वबाट कांग्रेस नेता केसी लुम्बिनी प्रदेश सभामा अत्यधिक मतका साथ निर्वाचित हुनुभएको थियोे ।