रुकुम पूर्वमा नेकपा माओवादी केन्द्रको जिल्ला स्तरीय आधारभूत प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान‚ घर-घरमा माओवादी जन-जनमा माओवादी” भन्ने नाराका साथ जारी रहेको रुपान्तरण अभियान  अन्तर्गत रुकुमकोटमा दुई दिने आधारभूत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रम दुई दिनसम्म सिस्ने गाउँपालिका ५ स्थित सभाहलमा सम्पन्न भएको थियो ।

 

दुई दिनसम्म चलेको आधारभूत प्रशिक्षण कार्यक्रममा रुपान्तरण अभियानमा खटिएका नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं प्रदेश समितिका सदस्यहरुले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए । माओवादी केन्द्रका केन्द्रिय सदस्य मेघ बहादुर श्रेष्ठले माक्सवाद राजनीति अर्थशास्त्रऽ समाजवाद र पार्टी कार्यदिशाको बारेमा प्रशिक्षण दिनुभएको थियो । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेशका उपाध्यक्ष बिर बहादुर खत्रीले कम्युनिष्ट पार्टि र संगठनात्मक सिद्धान्तको बारेमा‚ प्रदेश सचिवालय सदस्य कृष्ण रेग्मिले दर्शन शास्त्र‚ होम प्रकाश श्रेष्ठले संघियता समावेशिता र जातिय सवालको बारेमा प्रशिक्षण दिनुभएको छ ।

 

यस्तै प्रदेश सचिवालय सदस्य एवं जिल्ला पार्टी संयोजक कुमारी बरालले राज्य सत्ता‚ सरकार‚ उत्पादन‚ कमल बुढाले सांस्कृती रुपान्तरणको बारेमा प्रशिक्षण गर्नुभएको हो । दशकौ वर्षपछीको पार्टीको यो कार्यकर्ता प्रशिक्षण कार्क्रमले नयाँ जागरण ल्याएको र साच्चिकै पार्टी रुपान्तरणतर्फ अगाडी बढेको नेकपा माओवादी केन्द्र रुकुम पूर्वले जानकारी दिएको छ ।

 

रुकुम पूर्वको अभियान इन्चार्ज एवं माओवादी केन्द्रका स्थाई कमिटी सदस्य कमला रोकाको अध्यक्षतामा दुई दिने आधारभूत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।