रुकुम पूर्वमा लैङ्गिक समानता तथा समाजिक समावेशिकरण सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरिएको छ । फेयरमेड फउण्डेसन र सर्वाङ्गिन विकास केन्द्र नेपालको आयोजनामा जिल्लामा ३ दिने कार्यशाला गष्ठीको आयोजना गरिएको हो । आजबाट सुरु भएको कार्यशाला गोष्ठी २८ गतेसम्म संचालन हुने छ ।
लैङ्गिक समानता र सामजिक समावेशिताको कुरामा अहिले विभिन्न प्रयासहरु हुँदै आएका छन् । लैङ्गिक समानता र समावेशिताको क्षेत्रलाई अझै फराकिलो र विकास गरेर लैजाने उदेश्यका साथ जिल्लामा यो कार्यशाला गोष्ठीको आयोजना गरिएको हो । तीन दिनको अवधिमा लैङ्गिक समानता र सामाजिक समावेशिताको विषयमा गहिरो रुपमा छलफल हुने सर्वाङ्गिन विकास केन्द्र नेपालका कार्यकारी निर्देशक लिलामणी गौतमले जानकारी दिनुभएको छ । लैङ्गिक समानता र समाजिक समावेशिताको क्षेत्रमा जिल्लामा कामकाज कस्तो भइरहेको छ‚ कार्यक्रम कार्यान्वयनको क्रममा कस्ता समस्याहरु देखिएका छन् र ती समस्याहरुलाई फुकाउनको लागि के कस्तो मार्गचित्र निर्माण गर्न सकिन्छ भन्ने लगाएतका विषयमा छलफल गरिने संस्थाका कार्यकारी निर्देशक गौतमले जानकारी दिनुभएको छ ।
यसैगरी विभेदका क्षेत्र‚ कारण यसमा सरकारी निकाय‚ स्थानीय सरकार तथा अन्य सरोकारवाला निकायहरुको भूमिका के हुने सक्छ भन्ने विषयमा छलफल गरिने आयोजकले जनाएको छ । ३ दिनसम्म कार्यशाला गोष्ठीको सहजिकरण ओरेक नेपालका संस्थापक अध्यक्ष एवम् महिला अधिकारकर्मी रेनु अधिकारी‚ ओरेक नेपालका कार्यक्रम संयोजक सुलोचना खनाल‚ ओरेक नेपालकै कार्यकारी निर्देशक सुनिता न्यौपानेले गर्नुहुने छ ।
सर्वाङ्गिन विकास केन्द्र नेपालका अध्यक्ष संगित रेग्मिको अध्यक्षतामा भएको कार्यशाला उद्धघाटन कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा समन्वय समिति उपप्रमुख मोहनबहादुर केसी‚ सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी‚ प्रमुख जिल्ला अधिकारी माधव प्रशाद शर्मा‚ सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले‚ भूमे गाउँपालिका उपाध्यक्ष सविना बुढा‚ सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यसहित सुरक्षा निकायका प्रमुखहरुको अतीथ्यता रहेको थियो । गोष्ठीमा विभिन्न सरकारी कार्यालयका प्रमुख‚ राजनितिक दलका प्रतीनिधी‚ पत्रकार लगाएतको सहभागिता रहेको छ ।
फेयरमेडका टोली प्रमुख राजेन्द्र रुचालको स्वागत मन्तव्य रहेको कार्यशाला उद्धघाटन कार्यक्रमको सञ्चालन सर्वाङगिन विकास केन्द्र नेपालका कार्यकारी निर्देशक लिलामणी गौतमले गर्नुभएको थियो ।