रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरले कृषकले विदेशमा रहेका नेपालीसँग आर्थिक प्रतिष्पर्धा गर्ने समय आएको बताउनुभयको छ । शिताष्ण बागवाणी विकास केन्द्रको प्राबिधिक सहयोगमा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यलयले आयोजना गरेको जिल्ला स्तरीय व्यावसायिक कृषकहरुका लागि हाइडेन्सिटी स्याउ खेती प्रविधिको सिकाई तालिमको समापन गर्दै अध्यक्ष घर्तिले यस्तो बताउनुभएको हो ।

 

उहाँले देशमै कृषि क्षेत्रमा राम्रो सम्भावना रहेको बताउनु भयो । अध्यक्ष घर्तीले कृषि तथा पशु क्षेत्रमा संघीय सरकार देखि स्थानीय सरकारसम्मले ठूलो मात्रामा कृषकलाई अनुदान सहायता गर्दै आएको तर कृषकले सदुपयोग नगरेको देखिएको बताउनुभयो । कृषकले आधुनिक तरिकाले कृषि गरे विदेशमा गर्ने परिश्रमले कमाउने रकम यही कमाउन सकिने उहाँको भनाई छ ।

 

पछिल्लो समय धेरै जसो देशमा कर्म गर्न नरुचाउने जमात धेरै देखिएकोले अब यहीँ बस्ने कृषकले विदेशमा रहेका नेपाली बराबर आर्थिक प्रतिस्पर्धा गरी गरे देशमै हुने रहेछ भन्ने उदाहरण दिन जरुरी रहेको अध्यक्ष घर्तीले बताउनुभयो । खेती प्रविधि सिकाई तालिम हिजो सोमबार देखि पुथा उत्तरगङ्गा गाउँपालिका १० तकसेरामा दुई दिन सम्म चलेको थियो ।