रुकुम पूर्वमा सहिद सप्ताह विभिन्न कार्यक्रम गरी सप्ताहव्यापी रुपमा मनाइदै आइएको छ । सोहि क्रममा २१ गते अनेरास्ववियू क्रान्तीकारीले जनवादी गितमा नृत्य प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिता संचालन गरेको छ । कार्यक्रममा सहिदकाे सम्झना स्वरुप जनवादी गितमा नृत्य प्रतियोगितासँगै जनयुद्ध र संघियतामा क्रान्तिकारी विद्यार्थीरुकाे भूमिकाबारे वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
वक्तृत्वकला प्रतियोगितामा भूमे ५ सेराबाङ निवासि बिसनमाया विश्वकर्माले प्रथम स्थान हासिल गर्नुभएको छ भने दाेस्राे हुनेमा सिस्ने ६ रुकुमकाेट निवासि साेनिलिजा गाैतम र तेस्राे स्थान हासिल गर्नेमा भूमे २ निवासि आस्था सुनार रहनुभएकाे छ । त्यस्तै जनवादी नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेमा भूमे २ सैपातुङ निवासि दिलकुमारि राेका रहनुभएकाे छ भने दाेस्राे हुनेमा सिस्ने ६ छिप्रिदह निवासि प्रिया खड्का र तेस्राे हुनेमा भूमे ३ माेराबाङ निवासि पार्वति सुनार रहनुभएकाे छ । यी दुबै प्रतियोगितामा स्थान हासिल गर्नेहरुलाई क्रमशः पाँच हजार, तीन हजार र २ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको अखिल क्रान्तिकारिका जिल्ला संयोजक चन्द्र रसाइलीले जानकारी दिनुभएको छ ।
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेकाे १० वर्षे जनयुद्ध र नेकपा एमालेकाे झापा बिद्राेहकाे क्रममा बन्दी याेद्दाहरुलाई सुखानिकाे जंगलमा गरिएको हत्याकाे दिनलाई जाेडेर सम्झना स्वरुप सहिद सप्ताह मनाइन्छ। सिस्ने गाउँपालिका ५ स्थित रुक्मिणी माद्यामिम विद्यालयको प्राङगणमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेताहरु, जनवर्गीय संगठनका प्रमुख, प्रतिनिधिहरु, जनवादी गायक, शिक्षक बिद्यार्थी, बुद्धिजीवीहरुकाे उपस्थिति रहेको थियो । याे सहिद सप्ताह हरेक बर्ष फागुन १४ देखि २१ गतेसम्म मनाइन्छ ।
१४ गतेका दिन माओवादी जनयुद्ध सुरु हुदा पहिलोपटक गाेर्खाका बिद्यार्थी दिलबहादुर रम्तेललाई तत्कालीन शाहि सेनाले हत्या गरेकाे थियोे भने २१ गतेका दिन नेकपा एमालेका तर्फबाट झापा बिद्राेहमा राजनीतिक आन्दोलनका बन्दिहरुदाई सुखानिकाे जंगलमा लगेर हत्या गरिएको थियोे । साेहि दिनकाे सम्झनामा सहिद सप्ताह मनाउँदै आएकाे छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् प्रमुख अतिथि रामसुर बुढामगर (बिरता) ले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल लगाएत झापा बिद्रोहकाे बेला बन्दी याेद्दाहरुलाई सुखानिमा हत्या गरिएका सहिदहरुलाई स्मरण गर्दै बिद्यार्थी संगठन अखिल क्रान्तिकारी रुकुमपूर्वले गरेकाे याे रचनात्मक कार्यप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।
हिजाेकाे आन्दोलनमा लडाइँकाे व्याटलमा जाँदा भावनात्मक रुपमा जनवादी गित संगितहरुकाे रचना प्रस्फुटन हुन्थ्यो आजकाे परिस्थितिसम्म आइपुग्दा जनवादी गित हराएका हुन कि भन्ने लागेकाे थियो तर आज गरिएको जनवादी नृत्य प्रस्तुतले ताजा स्मरण भएको बताउनुभयो । नेता बिरताले हिजाेकाे बिद्यार्थी आन्दोलनमा लाग्दाका स्मरण गर्दै समाजमा धनी र गरिवकाे खाँडलसँगै शिक्षामा समानताका लागि आन्दोलनमा हाेमिएकाे जनाउनुभयाे ।
शुभकामना मन्तव्य राख्दै नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य एवम् भूमे गाउँपालिका सरकार प्रमुख हाेमप्रकाश श्रेष्ठ (हिमाल) ले जनयुद्धकाे झल्काे दिनेगरि आजकाे सहिद सप्ताह मनाइएको बताउनुभएको छ । यस्तै श्रेष्ठले माओवादीकाे जनबर्गिय संगठन मध्य नै अखिल क्रान्तिकारी अग्रनि रुपमा रहेको दावि गर्दै आजकाे दिनभर नयाँ पुस्तासँग साक्षात्कार भई स्मरणीय इतिहासलाई जिवित राख्नका लागि एउटा खुड्किलाे लिएकाे र इतिहास बचाउने कुरामा क्रान्तिकारी बिद्यार्थीहरुकाे जिम्मेवारी आएकाे बताउनुभएको छ । १० बर्षे जनयुद्धमा बिद्यार्थीहरुले पनि लडाइँमा ठुलाे याेगदान खेलेकाे जिकिर समेत गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्रकि रुकुमपूर्व जिल्ला संयाेजक कुमारि बराल गाैतम (विपना) ले शुभकामना मन्तव्य राख्दै जनयुद्धमा याेद्दा मात्रै नभइ सर्वसाधारण जनताहरुले पनि ज्यान गुमाउनुपरेको बताउनुभयो । जनयुद्दले २४० बर्ष पुरानाे राजतन्त्रकाे अन्त्य गरि संघिय लाेकतान्त्रिक गणतन्त्रले स्थापित गरेका तमाम उपलब्धिहरुकाे देन नै सहिदहरुकाे नै भएको दावि गर्नुभएको छ । संयाेजक बरालका अनुसार बर्तमान समयमा राजावादी शक्तिहरुका कारण संघियता धरापमा गइरहेकाे छ । बिद्यार्थी जीवन भनेकाे नयाँ नयाँ खाेज गर्ने उमेर भएको र भविष्यकाे जिम्मेवारी लिएका सबल जनशक्ति भएकोले उपलब्धि र व्यवस्थाकाे रक्षा गर्ने कार्यभार आइपुगेकाे नेता बरालले बताउनुभएको छ ।
चन्द्र रसाइलीले कार्यक्रम समापन गर्दै सहिदहरुलाई माओवादी मात्रै नभई आम जनताले नै सम्झिनुपर्ने र सहिद सप्ताह देशव्यापी रुपमा सबैले मनाउनुपर्ने बताउनुभयाे उहाले जनयुद्धका उपलब्धिहरुलाई प्रतिक्रियावादीहरुले अवमूल्यन गर्न खाेजेमा माओवादी आन्दोलन फेरि पनि नयाँ ढंगबाट उठ्न सक्ने चेतावनी दिनुभएको छ ।