जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग) को आयोजनामा शनिवार देखि रुकुमकोटमा सुरक्षाकर्मीहरुको लागी शुरु भएको ३ दिने प्राथामिक उपचार तथा आधारभुत जिवन सुरक्षा अनुशिक्षण कार्यक्रम सोमवार सम्पन्न भएको छ । शनिवार रुकुम (पूर्वी भाग) का प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले उद्घाटन गर्नु भएको अनुशिक्षण कार्यक्रम सोमवार रुकुम (पूर्वी भाग) का प्रहरी नायव उपरिक्षक अञ्जना श्रेष्ठले समापन गर्नु भयो । फेयरमेड फाउण्डेशन/एचडिसि नेपालको सहयोग र स्वास्थ्य कार्यालय तथा रुकुम पूर्व जिल्ला अस्पतालको समन्वय र साझेदारीमा संञ्चालित अनुशिक्षणमा जिल्लाका १७ वटा प्रहरी युनिट र जिल्ला प्रहरी कार्यालयवाट गरि जम्मा २४ जना प्रहरीहरुको सहभागीता रहेको थियो ।
कुनै पनि घटना वा दुर्घटना हुदा सर्वप्रथम घटना स्थलमा पुग्ने भनेकै प्रहरी हो तर उनिहरुलाई घटना स्थलमा पुगेर घाईते तथा विरामिहरुको तत्काल उद्दार गरि संम्वन्धित स्वास्थ्य संस्था वा अस्पताल सम्म नपुर्याउदा सम्मको लागी कसरि जिवन रक्षा गर्न सकिन्छ भन्ने विषयमा कार्यस्थलमा खट्ने प्रहरी कर्मचारीहरुको लागी यस्तो प्रकारको अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको र आगामि दिनमा यसले घटना स्थलमा प्राथामिक उपचार र जिवन रक्षामा महत्वपूण सहयोग पुग्ने अपेक्ष लिईएको प्रहरी नायव उपरिक्षक अञ्जना श्रेष्ठले वताउनु भयो ।
तालिम समापन कार्यक्रममा वोल्दै प्रशिक्षर्थी सहभागीको तर्फवाट ईलाका प्रहरी कार्यालय काँक्रिमा कार्यरत प्रहरी सहायक हवलदार विनोद वलीले हालसम्म घटना स्थलमा विरामीहरुलाइ उद्दार गर्न जादा आफुलाई स्वास्थ्य संम्वन्धि सामान्य ज्ञान पनि नहुदा समस्या पर्ने गरेको वताउदै यस अनुशिक्षणले आगामी दिनहरुमा कार्यस्थलमा सहज हुने वताउनु भयो ।
तालिमको सहजिकरण रुकुम पूर्व जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डा. जितेन्द्रराज कोईराला, मेडिकल अधिकृत रोचक गौतम र नर्सिङ्ग अधिकृत प्रतिमा श्रेष्ठले गर्नु भएको थियो भने संञ्चालन प्रहरी उपरिक्षक गणेश पाण्डेले गर्नु भएको थियो । समापन कार्यक्रममा स्वास्थ्य कार्यलयवाट कार्यालय प्रमुख पुष्कल प्रसाद श्रेष्ठ, प्रशिक्षकको तर्फवाट डा.जितेन्द्र राज कोईराला, फेयरमेड/एचडिसिको तर्फवाट दान वहादुर कार्कीले सहभागी सवैलाई धन्यवाद दिदै आफुले सिकेको सिपलाई कार्यस्थलमा कार्यान्वयन गर्न अनुरोध गर्नुभयो। सहभागी सवैलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो भने फेयरमेड/एचडिसि, स्वास्थ्य कार्यालय र रुकुम पूर्व जिल्ला अस्पताललाई जिल्ला प्रहरी कार्यालयको तर्फवाट प्रशंशा पत्र प्रदा नगरिएको थियो ।