बस दुर्घटनामा परी ज्यान गुमाएका रुकुम पूर्वका पत्रकार बिक्रम परियारको परिवारलाई आर्थिक सहयोग गरिएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ५ घर भएका पत्रकार परियारको घर परिवारलाई नगद र खाद्यन्न सहयोग  गरिएको हो । बुधबार नेकपा माओवादी केन्द्रको जन वर्गीय संगठन प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति रुकुम पूर्व, अनेरास्ववियु क्रान्तिकारी र योङ कम्यूनिष्ट लिग वाइसियल रुकुम पूर्वले सयुक्त रुपमा सहयोग गरेका  हुन् ।

पार्टीको जन वर्गिय संगठनले गरेको निर्णय अनुसार सहयोग गरिएको  प्रेस  सेन्टर नेपाल रुकुम पूर्वकी अध्यक्ष सर्जना कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार थोरै भए पनि घरपरिवारलाई राहत होस भन्ने उद्देश्यले सहयोग गरिएको  हो । बुधबार क्रिया खर्चको लागि ३० हजार चार सय ५५ रुपैयाँ बराबरको खाद्यान्न र नगद २५ हजार रुपैयाँ पत्रकार परियारको परिवारलाई सहयोग गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

यस्तै बुधबार साझ र बिहिबार दिउसो प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका सदस्य जितेन्द्र बुढाथोकीको नेतृत्वमा सहयोग रकम संकलन गरिएको थियो । उक्त सहयोग रकम आज पत्रकार परियारको घरमै पुगेर उहाँको परिवारलाई हस्तान्त्रण गरिएको छ । आज संकलन भएको ७३ हजार ६ सय १० रुपैयाँ सहयोग रकम सिस्ने गाउँपालिका अध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य कृष्ण रेग्मिमार्फत हस्तान्त्रण गरिएको हो । हिजो ५५ हजार ४ सय ५५ र आज ७३ हजार ६  सय १० गरी जम्मा १ लाख २९ हजार ६५ रुपैँया आर्थिक सहयोग गरिएको प्रेस सेन्टर नेपाल रुकुम पूर्वका अध्यक्ष कार्कीले बताउनुभयो ।

रकम हस्तान्त्रण गर्दै सिस्ने गाउँपालिका अध्यक्ष रेग्मिले पत्रकार परियारको त्याग र बलिदानलाई स्थापित गर्नेगरी सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।  पत्रकार परियारले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै रेग्मिले उहाँले देखेका सपना पुरा गर्दै उहाँ हिडेको बाटोमा हिड्न उहाँले अन्य पत्रकारलाई आग्रह गर्नुभएको छ ।

२३ वर्षीय पत्रकार बिक्रम  सहित ९ जनाको   चैत्र ५ गते रुकुम पश्चिमबाट काठमाडौँ को लागि छुटेको  बागमती प्रदेश ०१००६ ख ३८७९ नम्बरको बस बागुलङ जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ६  जाउलेपानीमा दुर्घटना हुँदा निधन भएको थियो ।