रुकुम पूर्वमा सिस्ने गाउँपालिकाले विद्यालय अनुगमणलाई निरन्तरता दिएको छ । यस अघि सिस्ने गाउँपालिका ३ र ४ का विभिन्न वडाहरुमा विद्यालय अनुगमण गरेको गाउँपालिकाले कक्षा ४-९ को वार्षिक परिक्षा सुरु भएसँगै अनुगमण कार्यलाई तिव्रता दिएको छ । यसै क्रममा गाउँपालिकाले आइतबार सिस्ने २ र सोमबार सिस्ने ६ का विद्यालयमा परिक्षाको अनुगमण गरेको छ ।

शैक्षिक क्षेत्रको गुणस्तरलाई कायम गर्न भन्दै परिक्षालाई मर्यादित बनाउन गाउँपालिकाले कक्षा ८ सञ्चालन भएका विद्यालयमा नयाँ अभ्यास स्वरुप यस वर्ष फरक-फरक विद्यालयका शिक्षकलाई फरक-फरक विद्यालयमा निरिक्षकको रुपमा खटाएको छ । तर अनुगमणको क्रममा कुनै विद्यालयमा परिक्षा निर्धिरित समयभन्दा ढिला सुरु गरेको र कतीपय विद्यालयमा गाउँपालिकाले खटाएका निरिक्षकनै समयमा विद्यालयमा नपुगेको पाइएको छ ।

अनुगमणको क्रममा सिस्ने गाउँपालिका २ नम्बर वडामा रहेको हिमालय माध्यामिक विद्यालय नायगाडमा निर्धारित समय भन्दा १५ मनेट ढिला गरी परिक्षा सुरु गरेको पाइएको छ । यस विद्यालयमा गाउँपालिकाले निरिक्षकको रुपमा गंगाराम घर्तीलाई खटाएको छ । शैक्षिक सत्र सकिदै गर्दा कक्षा १-३ को निरन्तर मुल्याङकन पुस्तिका नभरेको पाइएको सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेले जानकारी दिनुभएको छ । कक्षा ३ को झनै मुल्याङकन पुस्तिका नै नभेटिएको उहाँले बताउनुभयो ।

यस्तै विद्यालय अनुगमणको क्रममा कम्युटर ल्याब र विज्ञान प्रयोगशाला प्रयोग बिहिन अवस्थामा रहेको सिस्ने गाउँपालिकाका शिक्षा या तथा खेलकुद शाखाका प्रमुख मंगलसिहं बुढाले बताउनुभएको थियो । यस विद्यालयमा विगतमा भन्दा अहिले शैक्षिक गुणस्तर धेरै नै खस्किदै  गएको पाइएको छ । साथै यस विद्यालयमा आर्थिक पारदर्शिता नभएको भन्ने कुरा पनि धेरै पटक उठ्दै आएको छ ।

यसैगरी आज सिस्ने गाउँपालिका ६ मा रहेको आधारभूत विद्यालय खोपिचारमा पनि अनुगमण गरिएको छ । यस्तै यस विद्यालयमा बाल विकास शिक्षक लिला कुमारी बुढाले विगत ४ वर्षयता सट्टामा अर्कै मान्छे राखेको र सट्टामा बसेको मान्छेले लिलाकै नाममा किर्ते हाजिरी गर्दै आएको पनि पाइएको शिक्षा शाखा प्रमुख बुढाले बताउनुभयो । यस्तै अर्का शिक्षिका कल्पना शर्मा पनि माघ २५ गतेबाट बिना बिदा स्विकृत बिदामा बसेको पाइएको छ ।

विद्यालयमा देखिएको मनपरीलाई रोक्नको लागि गाउँपालिकाले विद्यालयहरुरलाई निर्देशन गरेको छ । कतिपय ठाउँमा भने कारबाहिको प्रक्रियासमेत अगाडी बढाइसकेको गाउँपालिकाले जनाएको छ ।