रुकुम पूर्वबाट पाँच जना नेताहरु नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश सदस्यमा मनोनीत भएका छन् । चैत्र १५ गते बसेको पार्टीको लुम्बिनी प्रदेशको बैठकले रुकुम पूर्वका पाँच जना नेताहरूलाई प्रदेश सदस्यमा मनोनीत गरेको हो ।

पाँच जना तीन वटै गाउँपालिकाबाट प्रदेश सदस्यमा मनोनीत भए हुन् । पुथाउत्तरगंगा गाउँपालिका बाट एक, सिस्ने गाउँपालिका बाट दुई र भूमे गाउँपालिका बाट दुई गरी पाँच जना मनोनीत भएकाे लुम्बिनी प्रदेश समितिले जनाएको छ । जसमा पुथा उत्तरगंगा गाउँपालिकाबाट कालीप्रसाद रोका, सिस्ने गाउँपालिकाबाट वासुदेव गौतम र जीवन केसी तथा भूमे गाउँपालिकाबाट ध्रुवविक्रम ओली र प्रवेश पुन प्रदेश सदस्यमा मनोनीत हुनुभएको हाे ।

पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ५ का रोका यस अघि को जिल्ला समन्वय सदस्य हुनुहुन्थ्यो भने सिस्ने ५ का गौतम प्रदेश परिषद् सदस्य हुनुहुन्थ्यो । त्यस्तै भूमे ९ का ध्रुवविक्रम वली जिल्ला परिषद् सदस्य हुनुहुन्थ्यो । केसी र पुन यस अघि सरकारकाे वडा अध्यक्ष पनि हुनुभएको हाे ।