रुकुम पूर्वको भूमे गाउपालिका–८ वडा कार्यालयले स्वास्थ्य विमा कार्यक्रम सेवा दिइराखेको छ । कार्यालयले प्रत्येक वर्ष  द्वन्द्वपीडित, सहिद परिवार, विपन्न, दीर्घरोगी र अपाङ्ग परिवाहरूका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस वर्ष पनि स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत ५० परिवारको स्वास्थ्य बिमा गरिएको हो ।

भूमे ८ भित्र बसोवास गर्ने द्वन्द्वपीडित, सहिद परिवार, विपन्न, दीर्घरोगी र विभिन्न वर्गका अपांग परिवारलाइ समेटेर कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रम मार्फत पहिलो चरणमा २१ परिवार द्वन्द्वपीडित र दोस्रो चरणमा २९ परिवार  विपन्न, दीर्घरोगी र विभिन्न वर्गका अपांग गरी जम्मा ५० परिवारको विमा गरिदिएको भूमे गाउँपालिकाका पशु शाखाका नाप्रास नारायण ओलीले जानकारी दिनुभएको छ ।

स्वास्थ विमा मार्फत एक घरका ५ जना परिवारले १ लाख रुपैयाँ बरावरको स्वास्थ्य उपचार सेवा प्राप्त गर्नेछन् । वडा कार्यालयले प्रत्येक वर्ष विपन्न, दीर्घरवगी र विभिन्न वर्गका अपांग परिवारहरूको लागि स्वास्थ्य बिमा कार्यक्रम मार्फत नयाँ दर्ता तथा नविकरण गर्ने गर्दछ । ज्येष्ठ नागरिक तथा (क) वर्गका अपांगहरूको स्वास्थ्य विमा भने नेपाल सरकारले गर्ने गरेको छ ।