रुकुम पूर्वको एक विद्यालयमा पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत तरकारीको बिउ र मौरी सहितका घार वितरण गरिएको छ ।
जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको रुक्मिणी माध्यामिक बिद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउदै कार्यक्रम मार्फत बिद्यालयमा अध्ययनरत प्राविधिक धारतर्फका ४१ जना बिद्यार्थीहरुलाई मौरी सहितका घार वितरण गरिएको छ भने १ सय जना बिद्यार्थीहरुलाई तरकारीको बिउ वितरण गरिएको छ ।
बिद्यालयका कक्षा ९, १० र ११ मा अध्ययनरत प्राविधिक धारतर्फका ईच्छुक जेहेन्दार बिद्यार्थीहरुलाई उक्त घार तथा तरकारीको बिउ वितरण गरिएको बिद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर मल्लले जानकारी दिनुभयो । मौरी सहितका घारसँगै विद्यार्थीहरुलाई घुम्टी, धुँवादानी, पञ्जा, हुल छोप्ने झोला, ब्रस, फिडर, लगायतका सामाग्री वितरण गरिएको प्रधानाध्यापक मल्लले जानकारी दिनुभएको छ यसका साथै तरकारीको बिउ अन्तर्गत काउली बन्दा, रायो र मुलाको बिउ उपलब्ध गराइएको छ ।
घार प्राप्त गरेका बिद्यार्थीहरुले मौरीको हेरचाह आफै गर्नेछन् र आम्दानी पनि उनीहरुले नै प्राप्त गर्नेछन् । तरकारी को बिउ प्राप्त गरेका बिद्यार्थीहरुले तरकारी आफै रोप्ने छन र उत्पादन पश्चात बिक्रि बितरण आफैले गरेर आम्दानी पनि आफैले गर्नेछन ।
शैक्षिक सत्र ०७९/८० देखी यस बिद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउदै कार्यक्रम संचालन गरिएको छ । सोही अनुरुप गत वर्ष पनि यसै बिद्यलयका २५ जना बिद्यार्थीलाई मौरी सहितका घार वितरण गरिएको थियो । गत वर्ष घार प्राप्त गरेका बिद्यार्थीहरुले मौरीबाट मनग्य आम्दानी गरेको बिद्यार्थीहरुको भनाई छ । कक्षा ११ मा अध्ययनरत प्रीया बुढाथोकीले गत वर्ष मात्रै मौरीबाट ५ के जि बिक्रि गरेको र ५/६ केजी घरमै आफैले खान प्रयोग गरिएको बताउनु भयो । यस्तै बिद्यालयबाट प्राप्त गरेको एक घारबाट २ घार बनाउन सफल भएको कक्षा १० मा अध्ययनरत निराजन शाहले बताउनुभयो ।
बिद्यार्थीको शिक्षालाई सीप र सीपलाई उद्यममा जोड्ने उद्धेश्यले संचालनमा रहेको यस कार्यक्रम अन्तर्गत यस वर्ष १० लाख बजेटबाट बिद्यार्थीलाई उक्त मौरी सहितका घार वितरण गरिएको बिद्यालयका कृषि तथा प्राबिधिक कार्यक्रम संयोजक नविन शर्माले जानकारी दिनुभयो ।
बिद्यार्थीहरुले सैद्धान्तिक मात्र नभई व्यावहारिक ज्ञान आवश्यक हुने हुँदा यस कार्यक्रमले थप मद्धत पु¥याएको बिद्यालयले जनाएको छ । साथै बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको पढाईमा आवश्यक आर्थिक भारमा समेत सहयोग पुगेको बताईएको छ ।
बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ओम प्रकाश थापाको अध्यक्षतामा भएको मौरी सहितका घार वितरण कार्यक्रममा सिस्ने गाउपालिकाका उपाध्यक्ष गोपाल रेउले शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख तिलक गौतम, सिस्ने गाउँपालिका शिक्षा शाखा प्रमुख मंगलसिंह बुढा, बिद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर मल्ल, बिद्यार्थी अभिभावक लगाएतको उपस्थिती रहेको थियो ।