
आर्थिक वर्ष २०८०/८१ मा २ सय २४ वटा मुद्दा रुकुमकोट जिल्ला अदालत रुकुमपूर्वमा दर्ता भएको छ । जिल्लाको सिस्ने गाउँपालिका, भूमे गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकाको गरि आर्थिक वर्ष २०८०/८१ मा मुद्दा दर्ता हुनेको संख्या २ सय २४ पुगेको हो ।
जसमा सबै भन्दा बढी मुद्दा सिस्ने गाउँपालिका बाट ८५ वटा मुद्दा रुकुमकोट जिल्ला अदालत रुकुमपूर्वमा दर्ता भएको छ भने सबै भन्दा कम भूमे गाउँपालिका बाट६२ वटा मुद्दा दर्ता भएको छ । त्यस्तै पुथा उत्तरगंगा गाउँपालिका बाट मुद्दा दर्ता हुनेको संख्या ७७ रहेको छ ।
रुकुमकोट जिल्ला अदालत रुकुमपूर्वमा सबैभन्दा बढी सम्बन्ध बिच्छेदको मात्रै १ सय २२ वटा मुद्दा दर्ता भएको छ । त्यसपछि जबरजस्ती करणीमा १९, लेनदेन सम्बन्धि १२, चोरी सम्बन्धि १० वटा गरि विभिन्न शिर्षकमा २ सय २४ वटा मुद्दा रुकुमकोट जिल्ला अदालत रुकुमपूर्वमा दर्ता भएको लिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेले ३ गते बिहीबार वार्षिक प्रगति विवरण सम्बन्धमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्याक्रममा बताउनुभएको छ ।
सम्बन्ध बिच्छेदका मुद्दा सबैभन्दा बढी हुनुमा बेरोजगारी, सानै उम्मेरमा विभाह गर्नु, मदिरा सेवन, विभिन्न सञ्चारमाध्यमको दुरुपयोग जस्ता कारण रहेको बुझिएको छ । आर्थिक वर्ष २०८०/८१ मा दर्ता भएको कुल मुद्दा र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका मुद्दाहरु मध्य ८६.१६ प्रतिशत मुद्दा फछ्र्यौट भएको अदालतको तथ्याङ्कमा उल्लेख छ ।
रुकमकोट जिल्ला अदालत रुकुमपूर्वले आफ्नै भवन नहुदा र विभिन्न समस्याका बीच पनि न्यायपालिकाको पाँचौं पञ्चवर्षीय योजना २०८१/२०८६ लागू भएको परिप्रेक्ष्यमा सो योजनाको लक्ष्य र हालै सर्वाच्च अदालतबाट प्राप्त निर्देशन बमोजिम स्वचालित पेशी व्यवस्थापनको प्रारम्भ गरेको छ । अदालतबाट हुने फैसलाहरु सकेसम्म फैसला भएकै दिन तयार गरी मुद्दाका पक्षहरुलाई उपलब्ध गराउने र जुनसुकै मुद्दालाई पनि ६ महिनाभित्रै टुड़गोमा पुर्याउने प्रयास अदालतले गरेको छ भने सेवा प्रवाहमा सहजताका लागि स्थानिय तहसँग समन्वय गरि न्याय संपादनको कार्यलाई रुकमकोट जिल्ला अदालत रुकुमपूर्वले अगाडि बढाएको छ ।।