रुकुम पूर्वमा साहित्यिक महफिल कार्यक्रम स्थगित भएको छ । २०८१ भदौ २८ गतेका दिन पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरामा हुने भनिएको साहित्यिक महफिल कार्यक्रम अर्को मिति तय नहुँदासम्मलाई स्थतगित भएको आयोजक राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पूर्वले कार्यसमिति बैठक बसी जानकारी दिएको छ ।

कार्यक्रमको मिति तय भएकै दिनमा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बुढा सहित उहाँकी आमा गोपिमाया बूढा र यसै गाउँपालिकाका २  नम्बर वडाध्यक्ष जसबहादुर सिर्पालीको बागलुङमा भएको गाडी दुर्घटनामा परी मृत्यु भएपछि कार्यक्रम स्थगति गरिएको राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पूर्वका अध्यक्ष जमुना गौतमले जानकारी दिनुभएको छ । कार्यक्रमको सम्पूर्ण तयारी सकिएको र साहित्यकारहरु पनि कार्यक्रम स्थलमा पुगिसकेको बेलामा उपाध्यक्ष सहित उहाँको आमा र वडाध्यक्षको मृत्युको खबर पुगेको थियो ।

राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पूर्वले मृतकप्रती श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना तथा घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ ।