रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा नेपाली काँग्रेस परित्याग गरी १० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

गाउँपालिकाको वडा नम्बर १२ मा भएको चुनावी प्रचार कार्यक्रम मार्फत १० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेमा नेपाली काँग्रेसका जिल्ला सदस्य भक्तबहादुर घर्ती मगर र भातृ सङ्गठन तरुण दलका जिल्ला सचिवालय सदस्य भरत घर्ती मगर रहेको नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगा गाउँपालिकाले जनाएको छ ।

प्रवेश गर्ने अन्यमा नवीन केसी, नरेश केसी, शिरबहादुर बुढा, धनकुमार बुढा, राखिमायाँ पुन, नारायण जी पुन, प्रकाश पुन र गङ्गाबहादुर पुन रहेको बताइएको छ । उनीहरू गोलखाडा र फल्नै टोलका रहेको बताइएको छ ।

उनीहरूलाई नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कमला रोकाले फुलमाला र अबिर लगाएर पार्टी प्रवेश गराउनुभयो । माओवादी पार्टी जनताको पक्षमा रहेकोले पार्टी प्रवेश गरेको प्रवेशीहरुले बताएका छन् ।