पुथा उत्तरगंगा गाउँपालिकाका सबै मतदान केन्द्रकाे मत पेटी आज राति तीन बजे मुख्य निर्वाचन कार्यालयमा आइपुगेको छ ।

मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीले दिएको जानकारी अनुसार केही बेरमा सर्वदलीय बैठक बस्ने र त्यस पछि पुथा उत्तरगंगा गाउँपालिकाकाे मत गणना सुरु हुने भएको हाे ।

भौगोलिक हिसाबले विकट रहेको यस गाउँपालिकामा उपाध्यक्ष पदको लागि उपनिर्वाचन भएको हाे । गाडी दुर्घटनामा परि गत भदौ २८ गते उपाध्यक्ष भूपेन्द्र बुढा, २ नम्बर वडा अध्यक्ष जसबहादुर शेर्पाली र उपाध्यक्षकी आमा गाेपिमाया बुढाकाे निधन भए पछि यस पालिकामा उपनिर्वाचन भएको हाे ।

वडा अध्यक्ष पदमा भने यस अघिनै माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भैसक्नुभएकाे छ ।