रुकुम पूर्वमा अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसरमा निबन्ध प्रतियोगिता सम्पन्न गरिएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सिस्ने गाउँपालिकाको आयोजनामा दिवसको उपलक्ष्यमा वैदेशिक रोजगारको अवसर र चुनौती विषयक खुला निबन्ध प्रतियोगिता आयोजना गरीएको थियो ।
निबन्ध प्रतियोगितामा १४ जना प्रतिस्पर्धीहरुले भाग लिएका थिए । गाउँपालिकामा संकलन हुन आएका निबन्धहरुबाट उत्कृष्ट १४ जनाको निबन्धलाई छनोट गरेर कार्यक्रममा वाचन गर्न लगाइएको थियो । निबन्ध प्रतियोगितामा सिस्ने शिक्षा क्याम्पसकी भावना बस्नेत प्रथम हुनुभएको छ । यस्तै रुक्मिणी माविकी जेनिशा विक द्धित्तिय, सुवासना केसी तृतीय र प्रिया बुढाथोकी सान्तवना हुनुभएको छ ।
प्रतियोगितामा प्रथम, द्धित्तिय, तृतीय र सान्तवा स्थान हासिल गर्नेलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार नगदको साथमा प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।
सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख मोहन बहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमा सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउले, प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकी, गाउँपालिकाको विभिन्न शाखामा कार्यरत कर्मचारी र विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन मनोसामाजिक परामर्शकर्ता सर्जना कार्कीले गर्नुभएको थियो ।