रुकुम पूर्वमा भएको पालिकास्तरीय मैत्रीपूर्ण भलिबल प्रतियोगितामा सिस्ने गाउँपालिका विजयी भएको छ । आज रुकुमकोटमा भएको फाइनल खेलमा रोल्पाको थबाङ गाउपालिकाको कर्मचारी टिमलाई ३-० को सोझो सेटमा हराउदै सिस्ने गाउँपालिकाको शिक्षक टिम विजयी भएको हो ।

यस्तै सिस्ने गाउँपालिकाको कर्मचारी टिम र भूमे गाउँपालिकाको शिक्षक टिमबिचमा भएको खेलमा भूमेको टिमलाई २-० को सोझो सेटमा हराउदै सिस्ने गाउँपालिका तृतीय भएको छ । प्रतियोगितामा स्थान हासिल गर्ने टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

सिस्ने गाउँपालिकाको शिक्षक टिमका विश्व विकले उत्कृष्ट खेलाडीको ट्रफी पाउनुभएको छ ।

लुम्बिनी प्रदेश स्थापना दिवसको अवसर पारेर सिस्ने गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय मैत्रिपूर्ण भलिबल प्रतियोगितामा रुकुम पूर्वका ३ वटा गाउँपालिका र रोल्पाको थबाङ गाउँपालिका गरी ४ वटा गाउँपालिकाका ७ टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिता यहि माघको २० र २१ गते सञ्चालन भएको थियो ।