रुकुम पुर्वको सिस्ने गाउँपालिकाले सञ्चालन गरेको लोकसेवा आयोग तयारी कक्षा सम्पन्न भएको छ ।  गाउँपालिकाले गएको मंसिर २८ गतेबाट सुरुआत गरेको लोकसेवा तयारी कक्षा आज सम्पन्न भएको हो ।

३ महिनासम्म सञ्चालन भएको लोकसेवा तयारी कक्षामा सिस्ने गाउँपालिकाका ६० जना र भुमे पुथाका गरि १०८ जना विद्यार्थिहरु सहभागी भएको सिस्ने गाउँपालिकाका प्रशासन प्रमुख अरुण ओलिले जानकारी दिनुभएको छ । उहाकाअनुसार यो तीन महिनाको अवधिमा नासु खरिदारको जिके, आइक्यु र लिखित पत्र पढाइएको थियो । सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवत बहादुर बुढाथोकी, भुमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविलाल विक, सहायक प्रमुख जिल्ला अधिकारी जीवन कुमार खड्का, जिल्ला समन्वय समितिका रविन्द्र बुढाक्षेत्री, सिस्ने गाउँपालिकाका प्रशासन प्रमुख अरुण कुमार ओलीले कक्षा लिनुभएको थियो । यसैगरी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भोला तिवारी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौतम, कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख हिरामणी गौतम, सिस्ने गाउँपालिका इन्जिनियर कर्ण केसि र लेखा प्रमुख ठकेन्द्र खत्रीले कक्षा लिनुभएको थियो ।

यो ३ महिनाको अवधिमा ७ ओटा नमुना परिक्षाहरु गराइएको थियो । जसबाट उत्कृष्ट २५ जना विद्यार्थिलाई तीन वटै पत्रका किताबहरु प्रदान गरिएको छ ।

समापन कार्यक्रममा बोल्दै सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले सहभागिहरुलाई अध्ययन गर्ने बानिको विकास गर्न आग्रह गर्नुभएको छ । यो उमेर भनेको पढ्ने र क्षमता विकास गर्ने उमेर भएको बताउदै अध्यक्ष रेग्मिले गाउँपालिकाले गरेको यो सुरुआतलाई निरन्तरता विद्यार्थिले दिनुपर्ने बताउनुभयो । लोकसेवामा नाम निकाल्नेहरुमा रुकुम पुर्वको नाम कमै सुनिने गरेको कारण लोकसेवा तर्फ विद्यार्थिलाई आकर्षित गराउने र पढ्न चाहनेलाई एउटा अवसर प्रदान स्वरुप लोकसेवा कक्षा सञ्चालन गरेको अध्यक्ष रेग्मिले बताउनुभयो । नियमित अध्ययन गर्ने  बानिको विकास गरे २/४ वर्षभित्र लोकसेवामा नाम निकाल्न सकिने र यसो हुद गाउँपालिकाले गरेको लगानिलेअ सार्थकता पाउने उहाको भनाई छ ।

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवत बहादुर बुढाथोकिले अहिलेको समयमा बिना अध्ययन कुनै पनि अवस्थामा सफलता प्राप्त गर्न नसकिने बताउनुभएको छ । पछिल्लो समयमा पढाईलाई चासो नदिने र विदेश भन्दै बस्ने प्रचलन बढ्न थालेको तर्फ लक्षित गर्दै अन्तत: आफ्नै देश फर्कनुपर्ने र यहि काम गर्नुपर्ने बताउनुभयो । अमेरिका मोहले गाउँ रित्तिदै जाने गरेको अवस्थामा अहिले धमाधम नेपालीहरुलाई फर्काइरहेको छ । नेपालमै जागिर खाए विदेशमा गएर अर्काको गुलाम भएर दुख गर्नुपर्ने दिन नआउने बताउनुभएको छ । त्यसको लागि विद्यार्थिलाई पढाईलाई निरन्तरता दिन र लगनशील बन्न आग्रह गर्नुभएको छ ।