गत हप्ता पोखराको श्री बालप्रभात इङ्गलिस स्कुलमा राष्ट्रिय शिक्षक सीप विकास फाउण्डेशन र नेदरल्यान्ड्सको केपिजेड विश्वविद्यालयको सहयोगमा थियो । फाउण्डेशनद्वारा आयोजित २ वर्षे सिप क्षमता विकास तालिममा प्रमुख प्रशिक्षक केपिजेड विश्वविद्यालयका प्रोफेसर बर्ट टोल र व्यवहारवादी विज्ञ लिन्डाले सहजीकरण गर्नु भएको तालिममा शिक्षालाई कसरी समाबेसी बनाउने ? हाम्रा बालबालिकाको फरक तरिकाले सिक्ने क्षमताको पहिचान गर्न उनीहरूको व्यवहार र संवेगको अध्ययन बारेमा गहन छलफल गरी सोहि विषयमा कार्यशाला पनि सम्पन्न भएको छ ।

नेदरल्यान्ड्सको केपिजेड विश्वविद्यालय र राष्ट्रिय शिक्षक सीप विकाश फाउण्डेशनद्वारा आयोजित तालिममा प्रमुख प्रशिक्षक केपिजेड विश्वविद्यालयका प्रोफेसर बर्ट टोल र व्यवहारवादी विज्ञ लिन्डाले सहजीकरण गर्नु भएको थियो ।

प्रमुख अतिथि शिक्षा विकास गण्डकी प्रदेश का नि. महानिर्देशक श्री घनश्याम पौडेलज्युबाट समुद्घाटन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा शुभकामना मन्तव्य राख्नु हुदै नि. महानिर्देशक पौडेलले सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरूलाई सँगै राखेर अन्तराष्ट्रिय स्तरको तालिम प्रदान गर्दै आएकोमा एनफोस्ड्र्ट फाउण्डेशन र केपिजेड विश्वविद्यालय तथा स्थानीय साझेदार संस्थाहरूलाई धन्यवाद दिदै आगामी दिनमा तालिमको दायरा बढाएर अन्यत्र पनि तालिमको बिस्तार गर्न सुझाव दिनु भयो । यस कुरालाई अझ जोडदार रूपमा महत्व दिँदै नि. महानिर्देशक पौडेलले भन्नुभयो—‘सामुदायिक विद्यालयहरूमा दिइने तालिमले शिक्षकहरूमा थप उर्जा र उत्प्रेरणा जगाउने काम गरेको छ । यसले तालिम लिएका शिक्षकहरूमा थप सृजनशीलता बढ्नेछ । महत्वपूर्ण विषयवस्तुमा दक्षता हासिल गर्नु भएका शिक्षकहरूले आफ्नो विद्यार्थीलाई थप नयाँ दङ्गले पढाउन मद्दत गर्नु हुनेछ । नयाँ तरिकाले गरिने पठन अभियानले विद्यार्थीमा पनि एक किसिमको स्फुर्ती बढ्ने कुरामम म ढुक्क छु । यस कुराले मैले पनि केही सिक्न सक्छु है भनेर सिक्न खोज्ने लगावको विकास हुनेछ । विद्यार्थीलाई कतिखेर पढाइ शुरु होला भन्ने उत्सुकताले पछ्याउनेछ । यसो भयो भने हाम्रो विद्यालय र विद्यार्थीले मनग्ये फाइदा लिनेछन् । यो तरिकाको विकासले पढाइको गुणस्तरमा उच्चतम फड्को मार्नेछ । शिक्षा शाखाले पनि यस्तै आवश्यक कुरामा आफ्नो लगानी बढाउनेछ ।’

नि. महानिर्देशक पौडेलले तालिम प्राप्त शिक्षकहरूले आफुले जानेका विषयमा आफ्ना कक्षा कोठामा भरपूर मात्रामा सिकाउनु पर्ने र म तालिमप्राप्त शिक्षक हुँ, म जे पनि जान्दछु भन्ने दम्भले समस्या ननिम्त्याउन तथा यस्तो किसिमको अहंले कसैको राम्रो नहुने भएकोले शिक्षकले सृजनात्मक रूपले सिकेका कुरालाई पठन अभियानमा सिकाइमा लगाउनु आवश्यक रहेको बताएका थिए ।

तालिम कार्यक्रमको दोश्रो दिनको सेसनमा नेपालमा समाबेसी शिक्षा र अन्तराष्ट्रिय अवस्था सम्बन्धित व्यवहारिक अनुभव आदनप्रदान गर्न नेपाली नेत्रहीन विद्यार्थी फाउन्डेसनका सल्लाहकार तथा श्री अमरसिंह मावि पोखराका पूर्व प्राचार्य नवराज पौडेलज्यु र विषयविज्ञ पृथ्वी नारायण क्याम्पस पोखराका प्राध्यापक श्रीकान्त सापकोटाज्युको महत्वपूर्ण प्रस्तुति रह्यो प्राध्यापक सापकोटाले नेपालको सन्दर्भमा समाबेसी शिक्षाको क्षेत्रमा भएका उपलब्धि र चुनौतीको बारेमा आफ्ना अनुभव राख्नु भएको थियो । आफै पनि पूर्ण दृष्टिबिहीन भएको सन्दर्भमा दृष्टिबिहीन भई अन्य सामान्य मानिसहरू जस्तो सुबिधा भोग गर्न नपाए पनि अवसरबाट बन्चित हुन नपरेको बताउनुभएको थियो ।

शारिरिक अपाङ्गता भएका बालबालिकाहरूलाई आवश्यकता अनुसार सुबिधा प्रदान गर्नुपर्ने गरी सबै अन्तराष्ट्रिय अभिसन्धिहरूको नेपाल पक्षराष्ट्र भएकोले पनि समाबेसी शिक्षा आजको अपरिहार्य आवश्यकता भएको बताउनु भएको थियो । पूर्व प्राचार्य पौडेलले समाबेसी शिक्षाको लागि राज्य, विद्यालय, अभिभावक र शिक्षक सबैको समान दायित्व रहने र सपाङ्ग र अपाङ्गता भएका बालबालिकाहरूलाई संगसंगै राखेर सिकाइ गर्दा उनीहरुको सामाजीकरण र सिकाइ उपलब्धि धेरै हुने र पछि समाजमा समायोजन गर्न सजिलो हुने कुरा आफुले १२ वर्षको अमरसिंह माविमा खासगरि नेत्रहीन विद्यार्थीहरूसंगको अनुभव साझा गरेको बताउनु भएको थियो । यहाहरूलाइइ हार्दिक आभार! समाबेसी शिक्षा हामी सबैको साझा सरोकार त हो नै , यो जिबन को तयारीको खुड्किलो पनि हो। आजको सेसनमा केपिजेड बिश्वबिध्यालयका ब्याबहार बादी बिज्ञ लिंदा नोरेल र बर्ट टोलले शिक्षक हरुलाई ’एक दिन मात्र पनि शारीरिक अपाङ्गता हुदा कस्तो अनुभूति हुन्छ ? भनेर अनुभूति गराउन उनीहरुलाई सारीरिक अपाङ्गता भएको बास्तबिक अभिनय गराएर बास्तबिक प्रशिक्षण गराउनु भएको थियो ।

तेस्तै तेश्रो दिनको सेसनमा समाबेसी शिक्षाको लागि सम्भावनाहरूको खोजी गरौँ भन्ने कुराको चुरो कुरामा रहेर एडीएचडि, अटिजम र बालबालिकाको व्यवहारहरूको अवलोकन गर्ने र उनीहरूले किन फरक र असामान्य क्रियाकलाप देखाइरहेका छन् भन्ने विषयमा व्यवहारवादी विज्ञ लिन्डा नोरेलले प्रश्नोत्तर छलफल र आत्मानुभूति मार्फत क्रियाकलाप गराउनु भएको थियो । सोहि बिचमा अटिजम र एडिएचडि समस्याको बारेमा आम बुझाइ र एस्तो समस्या भएका बालबालिकाको पहिचान गर्नको लागि अत्यन्तै आवश्यक हुने कुरा बताउंदै यो समस्यासा आनुवंशिक रूपमा जन्मदाखेरि नै बच्चाले लिएर जन्मने हुनाले यस्ता बच्चालाई फरक तरिकाले सिकाउन शिक्षक र अभिभावकहरूलाई तालिमको आवश्यकाता हुने बताउनु भएको थियो । साथै बच्चाको हुर्काइ, पारिवारिक र सामाजिक वातावरणले यस्ता बौद्धिक अपाङ्गता भएका बालबालिकालाई समायोजन गर्न सहज हुने कुराको निस्कर्ष निकालिएको थियो ।

तालिमको चौथो दिनमा गत तेश्रो मोड्युलमा जस्तै अभिभावकहरूलाई पनि निमन्त्रणा गरी उनीहरूलाई ३ वटा कार्यशालाहरूमा सहभागी गराई बच्चाको व्यवहारको अध्ययन र फरक व्यवहार देखाउने उनीहरूको संवेगको नियन्त्रण कसरी गर्ने भन्ने बारेमा संवेग नियन्त्रण, खेलको माध्यमबाट सिकाइ (गेमिफिकेशन) को कार्यशाला गरिएको थियो । त्यस्तै, कर्मफ्लाइट्सका जेसा अफिसर्सद्वारा लैंगिक समता र सामाजिक प्रतिकार्य सम्बन्धि अर्को कार्यशाला प्रदान गरिएको थियो ।

तालिमको अन्तिम दिन चैत्र १९ गते २ बर्षे कोर्ष अन्तर्गत विश्वास गुरुङको डान्स सम्बन्धि वर्कशप र सपनाको बिद्यालय (ड्रिम स्कुल) कस्तो हुने भनेर समग्र ४ वटै तालिममा सिकेका कुराहरू लागू गर्दै समुहगत छलफल गरी १० मिनेटको भिडियो बनाउने र छलफल चौथो तथा अन्तिम मोड्युलको समापन र ग्य्राजुएशन कार्यकम भएको थियो ।

तालिमको समापन समारोहमा महत्वपूर्ण कुरा बोल्दै व्यवहारवादी लिन्डा नोरेलले भन्नुभएको थियो—‘यो अन्तिम मोड्युलका मुख्य नारा पनि समाबेसी शिक्षा प्रदान गर्न विभिन्न सम्भावनाहरू हेरौँ भन्ने राखिएको हो । मलाई आशा छ कि हामीले यस तालिमबाट सबैलाई प्रेरित गरेका छौं र आर्थिक वा व्यावहारिक अवरोधहरूको बाबजुद पनि समाबेसी शिक्षाको लागि काम गर्न सक्नुहुन्छ । यी पछिल्ला हप्ताहरूमा र मेरो सहकर्मी हाम्रा लागि अत्यन्तै उत्कृष्ट अनुभवले भरिपुर्ण भएका छन् । तपाईको सुन्दर देशमा र तपाईको यो तालिममा अतिथि बक्ता र प्रशिक्षक बन्न पाउनु ठुलो सम्मानको कुरा हो ।’

लिन्डा नोरेलले भन्नुभयो—‘शिक्षक तालिम प्रशिक्षणमा भाग लिनु मेरो लागि व्यक्तिगत रूपमा तपाईंको शिक्षा पद्दति र तपाईंको संस्कृतिको बारेमा थप जान्नको लागि असाधारण अवसर थियो । हामीले पोखरामा तपाइँहरू जस्तै बाग्लुङ्गको निसीखोलामा पनि सबैभन्दा समर्पित शिक्षकहरूलाई भेट्यौं । तपाईंहरू सबैलाई राम्रो शिक्षा दिन, बच्चाहरूलाई सकेसम्म राम्रो विकास गर्न मद्दत गर्न उत्प्रेरित र समर्पित हुनुहुन्छ ।

२ बर्षे यो तालिम चारमध्ये अन्तिम मोड्युल थियो । यस पटकको मुख्य विषय समावेशी शिक्षा थियो । हाम्रा छलफलका विषयहरू शारीरिक चुनौतीहरू भएका बालबालिकाहरू र व्यवहारगत चुनौतीहरू भएका बालबालिकाहरू थिए । समावेशी शिक्षा बालबालिकाका लागि महत्त्वपूर्ण छ किनभने यसले प्रत्येक बालबालिकालाई उनीहरूको क्षमता, पृष्ठभूमि वा सिकाइ आवश्यकताहरूमा सम्झौता नगरी सहयोगी वातावरणमा गुणस्तरीय शिक्षामा समान पहुँच छ भन्ने सुनिश्चित गर्दछ । यसले सबै बालबालिकाहरू, सबै खालका अपाङ्गता भएकाहरू सहित, सिक्ने र सफल हुने समान अवसरहरू प्राप्त गर्ने कुरा सुनिश्चित गर्दछ । बच्चाहरूले विविध पृष्ठभूमिका साथीहरूसँग अन्तरक्रिया गर्न सिक्छन् । समझदारी, समानुभूति र सम्मान बढाउँछन् ।

समावेशी कक्षा कोठाहरूले एक समृद्ध सिकाइ वातावरण प्रदान गर्दछ जहाँ सबै विद्यार्थीहरूले विभिन्न दृष्टिकोण, सहकार्य र साझा अनुभवहरूबाट लाभ उठाउन सक्छन् । जब बच्चाहरूले आफु स्वीकार्य र अरू जत्तिकै मूल्यवान महसुस गर्छन् । तिनीहरूले सकारात्मक आत्म–छवि विकास गर्छन् र त्यस्ता बालबालिकाहरूको पूर्ण क्षमतामा अर्थात फुल पोटेन्सियलमा पुग्ने सम्भावना बढी हुन्छ । संसार विविध प्रकारको छ र समावेशी शिक्षाले बालबालिकालाई नेभिगेट गर्न र समावेशी समाजमा योगदान गर्ने सीपहरू विकास गर्न मद्दत गर्छ । यसले बच्चाहरूलाई भिन्नता र विविधताको कदर गर्न सिकाउँछ र समुदायको भावना सिर्जना गर्दछ । जहाँ सबैले मूल्यवान महसुस गर्छन् । शिक्षकहरूले लचिलो र रचनात्मक शिक्षण विधिहरू अपनाउँछन् जसले सबै विद्यार्थीहरूलाई फाइदा पु¥याउँछ र सिक्नलाई थप आकर्षक र प्रभावकारी बनाउँछ ।

समावेशी शिक्षाले विशेष आवश्यकता भएका बालबालिकालाई मात्र नभई उनीहरूका साथीहरू, शिक्षकहरू र सम्पूर्ण समुदायलाई पनि फाइदा गर्छ । यसले थप समावेशी र सबैलाई स्वीकार्य समाजको लागि आधार बनाउँछ ।’

समापन समारोहमा प्रमुख अतिथि शिक्षा विकास गण्डकी प्रदेशका नि. महानिर्देशक श्री घनश्याम पौडेल ज्युबाट तालिममा सहभागीहरूलाई उत्प्रेरित गर्नको लागि प्रमाणपत्र प्रदान गरिएको थियो ।

अन्तराष्ट्रिय शिक्षक तालिमको महत्व निकै बढेको वक्ताहरूले बताएका थिए ।

लेखकःप्रेम बहादुर कुँवर, अध्यक्ष, राष्ट्रिय शिक्षक सीप विकास फाउण्डेशन