रुकुम (पूर्व) को भूमे गाउँपालिकामा बंगुर पालनसम्बन्धि ३ दिने सिप विकास तालिमको आयोजना गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३ सिमामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सीप विकास तालिमको आयोजना गरिएको हो । बंगुर पालन पेसालाई व्यावसायीक बनाउन मदत मिलोस भन्ने हेतुले तालिमको आयोजना गरिएको हो ।
तालिमको उद्धघाटन ३ नम्बर वडाका वडा सदस्य लिलाप्रसाद सुनारले गर्नुभएको छ । आजबाट सुरु भएको तालिम आगामी ७ गतेसम्म चल्ने उद्यम विकास सहजकर्ता विकास गौतमले जानकारी दिनुभयो । तालिममा ११ जना महिला उद्यमीहरुको सहभागिता रहेको छ । तालिमको सहजिकरण भूमे गाउपालिका पशु सेवा शाखाका नायव पशु सेवा प्राविधिक नारायण ओली र नायव पशु स्वास्थ्य प्राविधिक भुपेन्द्र शाहीले गरिरहनु भएको छ ।
तालिम सम्पन्न भएपछि सहभागीहरुलाई वंगुरका पाठापाठी वितरण गर्ने कार्यक्रम पनि रहेको उद्यम विकास सहजकर्ता गौतमले बताउनु भएको छ ।