रुकुम (पूर्व) को भूमे गाउँपालिकामा बंगुर पालन सम्बन्धि ३ दिने सिप विकास तालिम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ३ सिमामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सीप विकास तालिमको आयोजना गरिएको थियो । बंगुर पालन पेसालाई व्यावसायीक बनाउन मदत मिलोस भन्ने हेतुले तालिमको आयोजना गरिएको हो ।
फागुन ५ गतेबाट सुरु भएको तालिम ९ गते सोमबार सकिएको हो । तालिममा ११ जना महिला उद्यमीहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण भूमे गाउपालिका पशु सेवा शाखाका नायव पशु सेवा प्राविधिक नारायण ओली र नायव पशु स्वास्थ्य प्राविधिक भुपेन्द्र शाहीले गर्नुभएको थियो ।