चन्द्र रसाइली
रुकुम(पूर्व) को भूमे गाउँपालिका वडा नम्बर ३ मा किसानहरुलाई व्यावसायिक तरकारी खेतीको लागि तालिम दिन सुरु गरिएको छ । सर्वाङ्गिन विकास समाज नेपालले वडाको आर्थिक स्थितीलाई मध्यनजर गर्दै र किसानहरुलाई आधुनीक खेतीतर्फ आकर्षण गर्न तालिम दिन थालिएको बताएको छ । उसले भूमे ३ का सबै विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
तालिम आज र भोली दुई दिन चल्ने छ । तालिमअवधिभर सहभागिहरुलाई मल बनाउने तरिका, व्यावसायिक घाँस खेतीको लागी नर्सरी राख्ने कुराहरुको जाननकारी गराइने छ । टाँके, चिउरी, इपिलइपिल, नेपियर र फलफूल तर्फ दाँते ओखर, जैतुन, टिमुल, आलमोन लगायतको फलफूलहरुको लागि पनि कसरी व्यवसाय गर्ने भन्ने बारेमा तालिम दिन लागिएको सर्वाङ्गिन विकास समाज नेपालका निर्देशक शुसिल गुरुङले बताउनुभयो ।
तालिमको सहजिकरण कृषि विज्ञ शिव यान्दोले गरिरहनुभएको छ । तलिममा वडाको ४ वटा टोलबाट ३० जना सहभागी भएको कार्यक्रम संयोजक विजय लामाले बताउनुभयो ।