एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम(पूर्व) ले जुनोटीक रोग सम्बन्धि स्कुल प्रचार शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयले सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको रुक्मिणी माध्यामिक विद्यालयमा शुक्रबार यो कार्यक्रम सञ्चालन गरेको हो ।

विद्यार्थीहरुलाई पशुबाट मानिसमा सर्ने रोगहरुको बारेमा जानकारी गराउने र विद्यार्थीमार्फत अभिभावकलाई सचेत गराउने उदेश्यले विद्यालयमा जुनोटीक रोग सम्बन्धि प्रचार शिक्षा कार्यक्रम सञ्चालन गरिएको एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका सुचना अधिकारी एवम् कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिनुभयो । यस कार्यक्रमले पशुबाट मानिसमा सर्ने रोगहरुको बारेमा विद्यार्थी स्वयम सजग हुने र आफ्ना अभिभावकलाई पनि सचेत गराउने अपेक्षा गरिएको सुचना अधिकारी एवम् कृषि अधिकृत बस्नेतले बताउनुभयो ।

शुक्रबार रुक्मिणी माविमा कक्षा ९ र १० का विद्यार्थीलाई पशुबाट मानिसमा सर्ने रोगहरु रेबिज, क्षयरोग, खोरेट, फीते जुकालगाएतको बारेमा जानकारी गराइएको कार्यालयका पशु अधिकृत छैठौ छविलाल घर्तीमगरले जानकारी दिनुभयो । विद्यार्थीलाई यी रोगको बारेमा जानकारी गराउनुको साथै यी रोगबाट बच्ने उपायहरुको बारेमा पनि जानकारी गराइएको छ । पशुबाट मानिसमा लाग्ने रोग नियन्त्रण गर्ने उदेश्यले विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको घर्तीको भनाई छ ।

उहाँकाअनुसार गएको वर्षमा पनि जिल्लाका विभिन्न ६ वटा विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको थियो । अहिलेको वर्षमा पनि जिल्लाका विभिन्न ६ वटा विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिने छ । यस वर्षमा पहिलो कार्यक्रम रुक्मिणी माविमा सञ्चालन गरिएको बताउदै पशु अधिकृत छैठौ घर्तीले अन्य भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका विद्यालयमा पनि जुनोटीक रोग सम्बन्धि विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरिने छ ।

कार्यक्रमको सहजिकरण घर्तीसँगै डाक्टर बिजेता थापाले गर्नुभएको थियो ।