रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति कार्यक्रम गाउँसभामा पेश गरेको छ । गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले बिहिबार नीति कार्यक्रम गाउँसभामा पेश गर्नुभएको हो ।

पुथाउत्तरगंगा गाउँपालिकाले ल्याएको नीति कार्यक्रममा शिक्षा, कृषि र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको छ । यसैगरी क्रमशः लैगिंक समानता तथा सामाजिक समावेशीकरण, पुर्वाधार विकास, र सुशासन तथा संस्थागत विकासलाई प्राथमिकतामा राखेको छ ।

शिक्षामा आफ्नै पहिचानसहितको स्थानीय पाठ्क्रम निर्माण गरि लागु गर्ने, प्राविधिक शिक्षालय खोल्न पहल गर्ने, सामुदायिक विद्यालयमा पुस्तकालय, डिजिटल ल्याव स्थापना गर्ने, दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्न छात्रवृत्ति सहायता अनुदान कार्यक्रमलाई निरन्तरता दिने, कक्षा ५ सम्म अङग्रेजी माधयामबाट पढाउन पहल गर्ने, शैक्षिक जनशक्तिलाई तालिम दिने कुरा नीति कार्यक्रममा उल्लेख गरिएको छ । स्वास्थ्यतर्फ एक कलमा डक्टर सेवा सुचारु गरि टेलिमेडसीनमार्फत बिरामीको नियमित निगरानी राख्ने, अती विपन्न नागरिकको निशुल्क स्वास्थ्य बिमा गर्ने, हरेक महिना डाक्टरसहित घुम्ति सेवा सञ्चालन गर्ने कुरालाई निती कार्यक्रममा समेटीएको छ । स्वास्थ्यतर्फको यी कार्यक्रमलाई अध्यक्ष स्वास्थ्य कार्यक्रमको रुपमा राखिएको छ ।

यस्तै उपाध्यक्ष स्वास्थ्य कार्यक्रम पनि राखिएको छ । यस अन्तर्गत गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम (घुम्ति अल्ट्रासाउन्ड सेवा प्रदान गर्ने, निशुल्क ल्याव सेवा, क्याल्सियम र भिटामिनयुक्त खानेकुरा गर्भवतीको घरमै पुर्याउने, गर्भवती तथा सुत्केरी आमाहरुको निशुल्क स्वास्थ्य बिमा गर्ने) छोरी बिमा कार्यक्रमअन्तर्ग स्वास्थ्य संस्थामा जन्मने छोरीहरुको स्वास्थ्य बिमा गरिदिने, चेलीसँग उपाध्यक्ष कार्यक्रम कुरा पनि निती कार्यक्रममा उल्लेख गरिएको छ ।

कृषितर्फ उत्पादनमा आधारीत कृषि अनुदान, बाख्रा पकेट विकास कार्यक्रम, मकै बाली प्रवद्र्धन कार्यक्रम, तरकारी बिउ उत्पादन कार्यक्रम, रैथाने बाली प्रवद्र्धन कार्यक्रम, निशुल्क पशुपन्छि बिमा कार्यक्रम, निशुल्क घुम्ति पशु स्वास्थ्य शिविर सञ्चालन गरिने कुरा नीति कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै सेफ हाउस र मनोपरामर्श सेवा भवन निर्माण गर्ने, जननयुद्धका ाइते, अपाङग, सहिद तथा बेपत्ताा परिवार र पूर्व जनमुक्ति सेनाको निशुल्क स्वास्थ्य बिम ागर्नेसँगै निशुल्क यम्बुलेन्स सेवा उपलब्ध गराउने कुरालाई पनि गाउँपालिकाले नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

यसैगरी गाउँपालिकामा स्थानीय कर्मचारीको पदपूर्ती तत्काल गर्ने र प्रशासनिक भवन निर्माणको कार्य तत्काल थालनी गर्ने, भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृतीक अवस्थाको बारेमा यथार्थता चित्रण गर्न डिजिटल गाउँ प्रोफाइल निर्माण गर्ने पनि नीति कार्यक्रममा उल्लेख गरिएको छ ।